रवीन्द्र मिश्र बुधबार राप्रपामा प्रवेश गर्दै

फाइल तस्बिर

काठमाडाैँ – विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्र बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्दैछन्।

सोमबार साँझ अध्यक्ष समीक्षा बास्कोटालाई राजीनामा बुझाउँदै  पार्टीकाे साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलगिएका उनी आज राप्रपामा प्रवेश गर्न लागेका हुन्। उनले अध्यक्ष पदबाट भने यसअघि नै राजीनामा दिइसकेका थिए।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार बुधबार मिश्रसहित केही नेताहरू राप्रपामा प्रवेश गर्ने कार्यक्रम रहेकाे छ। कार्यक्रम दिउँसो एक बजे राष्ट्रिय सभागृह, भृकुटीमण्डपमा हुनेछ।

स्राेतका अनुसार उनी राप्रपा प्रवेश गरेर काठमाडौँ- १ बाट चुनावी प्रतिस्पर्धाको तयारीमा रहेको समेत बताइएकाे छ।

असोज ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्