सिक्लेसको आइपीओ बाँडफाँट, यस्ताे छ नतिजा हेर्ने तरिका

सांकेतिक तस्बिर।

काठमाडौँ – सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेको आइपीओ बाँडफाँट भएको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलले मंगलबार बिहान ९ बजे सेयर बाँडफाँट गरेको हो ।

मंगलबार भएको बाँडफाँटमा १ लाख ५ हजार ८०० जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् भने आवेदन गर्ने १४ लाख ६ हजार ७३७ जना आवेदकको हात खाली भएको छ ।

कम्पनीको आइपीओमा १५ लाख ३८ हजार ८३८ वटा आवेदनबाट १ अर्ब ७२ करोड ४४ लाख ३८ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ४४ हजार ३८० कित्ता सेयरको लागि आवेदन परेको थियो। यो सर्वसाधारणलाई निष्कासन गरेको १० लाख ५८ हजार कित्ता सेयरको १६.२९ गुणा बढी हो ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता सेयर निष्कासनमा ल्याएको हो । त्यसमध्ये ३४ हजार ५०० कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि र ५७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ ।

बाँकी १० लाख ५८ हजार कित्ता सेयर मात्रै सर्वसाधारणको लागि बाँडफाँट गरिएको छ।

लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् ।

साथै, सिक्लेस हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

असोज ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्