प्रि-ओपन सेसन: नेप्से सूचकमा झिनो गिरावट

सांकेतिक तस्बिर।

काठमाडौँ – प्रि ओपन सेसनमा नेप्से सूचक ०.४२ अंकले घटेको छ । यससँगै सूचक १८१४.७१ विन्दुमा आएको छ ।

२ लाख ३९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १० कम्पनीको ८१५ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल १२ वटा कारोबार भएको छ । ३ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ ।

बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

असोज ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्