राप्रपा र मबीच बुधबार ‘वृहत ध्रुवीकरण एकता’ – रवीन्द्र मिश्र

काठमाडाैँ – विवेकशील साझा पार्टीकाे साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका रवीन्द्र मिश्रले आफू  र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच वृहत ध्रुवीकरण एकता हुने भएकाे बताएका छन्।

साेमबार राजीनामा दिएका मिश्र बुधबार राप्रपामा समाहित हुने भएका हुन्। उनले आफ्नाे राप्रपा विलयलाई ‘वृहत ध्रुवीकरण एकता’ उल्लेख गरेका हुन् ।

रवीन्द्र मिश्रले सामाजिक सञ्जालमार्फत् बृहत शक्ति निर्माणमा संलग्न हुन चाहनेहरूलाई पनि निम्ता दिएका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘चुल्हे निम्ता! यसबीच संवाद हुन नसकेका कयौँ साथीहरूलाई ममात्र एकतामा संलग्न हुन लागेको हो कि भन्ने भान परेको देखियो। त्यसो होइन। यो वैचारिक ध्रुवीकरणमा इच्छुक सबै साथीहरू सहभागी हुन सक्छन्। केन्द्रीय तहमा तत्काल मिलानको प्रक्रिया शुरू हुनेछ भने तहगत मिलानका लागि एउटा समिति पनि बन्नेछ। बृहत् शक्ति निर्माणमा संलग्न हुन चाहने साथीहरूलाई छोड्ने भन्ने त कुरै भएन। गरेरै छोड्ने हो, परिवर्तन हेरेरै मर्ने हो!’

एकता घाेषणा राष्ट्रियसभा गृहमा बुधबार दिउँसाे एक बजे हुने राप्रपाका प्रवक्ता माेहन श्रेष्ठले जानकारी दिए।

असोज ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्