सिलौटो प्रहार गरी श्रीमतीको हत्या

सांकेतिक तस्बिर

धनुषा – श्रीमतीको हत्या गरेको अभियोगमा गणेशमान चारनाथ नगरपालिका–६ मुसहर टोल बस्ने रेबिया सदालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

मादक पदार्थ सेवन गरेका रेबियाले ३२ वर्षीया श्रीमती दुलारी सदालाई सिलौटाले छातीमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएका प्रहरीले जनाएको छ।

उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढल्केवर र प्रहरी चौकी पोर्ताहाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

असोज ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्