बंगलादेशविरुद्ध नेपाललाई पहिलो हाफसम्म ३–० को अग्रता, अञ्जनको ह्याट्रिक

तस्बिरः बर्षा शाह/देशसञ्चार।

काठमाडौँ – नेपाल र बंगलादेश यतिबेला मैत्रीपूर्ण फुटबल खेलमा प्रतिस्पर्धा गरिरहेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नै नेपालले फराकिलो अग्रता बनाएको छ।

घरेलु मैदानमा अञ्जन विष्ट छाएको खेलमा नेपालले पहिलो हाफमा नै ३–० को अग्रता बनाउँदा सबै तीन गोल अञ्जनको नाममा रह्यो।

खेलको १८ औँ मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका अञ्जनले खेलको २७ मिनेटमा दोस्रो र ३७ औँ मिनेटमा तेस्रो गोल गरेका हुन्।

असोज ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्