अञ्जन ह्याट्रिक गर्ने नेपालका छैटौँ खेलाडी

तस्बिरः बर्षा शाह।

काठमाडौँ – बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालका अञ्जन विष्टले ह्याट्रिक गरेका छन्।

खेलको १८ औँ, २७ औँ र ३८ औँ मिनेटमा गोल गर्दैं अञ्जनले ह्याट्रिक पूरा गरेका हुन्। यससँगै अञ्जन ह्याट्रिक पूरा गर्ने नेपालका छैटौँ खेलाडी बनेका छन्।

यसअघि गणेश थापा, नरेश जोशी, निराजन रायमाझी, भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक पूरा गरेका थिए।

अञ्जनले ह्याट्रिकसँगै १० औँ अन्तर्राष्ट्रिय गोल पूरा गरेका छन्।

असोज ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्