बंगलादेशले एक गोल फर्कायो

काठमाडौँ – नेपाल र बंगलादेशबीच यतिबेला मैत्रीपूर्ण फुटबल खेल भइरहेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले अग्रता कायमै राखेको छ।

नेपालका लागि अञ्जन विष्टले बंगलादेशविरुद्ध ह्याट्रिक गरेका छन्। उनले खेलको १८ औँ, २७ औँ र ३८ मिनेटमा गोल गरेका हुन्।

खेलको ५७ औँ मिनेटमा बंगलादेशले नेपालविरुद्ध एक गोल फर्काएको छ। बंगलादेशका लागि साजाद होसेनले गोल गरेका हुन्।

असोज ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्