काठमाडौँ – नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलमा नेपालले शानदार जित हात पारेको छ। अञ्जन विष्टले पहिलो हाफमा गरेको ह्याट्रिकमा नेपालले बंगलादेशलाई पराजित गरेको हो।

मंगलबार दशरथ रंगशालामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई ३–१ गोलले पराजित गर्‍यो। अञ्जनले खेलको १८ मिनेटमा पहिलो गोल गरेका थिए।

अञ्जनले खेलको २७ मिनेटमा नेपालको अग्रता दोब्बर पारे। अञ्जनले ३८ मिनेटमा ह्याट्रिक गरे। अञ्जन नेपालको जितका लागि २० मिनेटभित्रमा ह्याट्रिक पूरा गर्न सफल भएका थिए।

बंगलादेशले दोस्रो हाफमा एक गोल फर्काएको थियो।