ह्याट्रिकको खुसि शब्दमा बयान गर्न सक्दिन जित दसैंको उपहारका रुपमा डेडिकेट गर्न चाहान्छु: अञ्जन

बंगलादेश विरुद्धको खेलमा नेपालले ३-१ को जित निकाल्दा ह्याट्रिक गरेका अञ्जन विष्टले ह्याट्रिकको खुसी शब्दमा बयान गर्न नसक्ने खालको भएको बताए।

अञ्जनले भने ‘मैले जैले देखि फुटबल खेले त्यो संधै स्वार्थ रहित थियो। राज्यसँग कहिलेपनि गुनासो रहेन्। अहिलेपनि छैन्। विगतामा जे भयो त्यसमा पनि गुनासो छैन्। त्यसलाई एउटा पाठ सिक्ने अवसरका रुपमा लिएको छु।’ उनले यो जित दशौको शुभकामनाका रुपमा समर्थकलाई डेडिकेट गर्न चाहेको बताए। उनले करिअरको पहिलो ह्याट्रिकको खुसी भने शब्दमा बयान गर्न नसकिने खालको भएको बताए। उनले भने ‘यो खुसी शब्दमा बयान गर्न सक्दिन।’

प्रशिक्षक प्रदीप हुमगाँईले खेलाडीको मिहिनेतले सफल्ता हात पारेको भन्दै यसको सम्पूर्ण हकदार खेलाडी भएको बताए। उनले भने ‘यसको लागि म केही पनि होइन खेलाडी सबथोक हुन्। यो जितको हकदार खेलाडीहरु हुन्। उनीहरुको मिहिनेतले सफल्ता हात लागेको हो।’

असोज ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्