भाटभटेनीकाे अफरै अफर: ३० सेकेन्डमा छान्न भ्याएजति सामान सित्तैमा

काठमाडौँ – आगामी दसैँ, तिहार र छठको अवसरमा भाटभटेनी सुपरमार्केटले विभिन्न किसिमका अफरहरु ल्याएकाे छ ।

उपभोग्य सामग्रीदेखि लत्ताकपडा, भाँडाकुँडा र विद्युतीय सामग्रीमा छुटैछुटैका योजना ल्याएको भाटभटेनीका सीओओ पानु पौडेलले जानकारी गराए ।

काेराेना महामारिका कारण विगतका केही वर्षमा चाडपर्व खुसी र उत्साहका साथ मनाउन नपाएका कारण यसपाली आफूहरूले ग्राहकका लागि यस्ता खालका अफर ल्याएकाे सीओओ पौडेलले बताए । ‘अघिल्लो वर्ष हामीले मास्क लगाएर दसैँ मनाउनुपरेको थियो,’ उनले भने, ‘यसपालि हामीले ग्राहकको मुखमा खुसीको बहार देख्न चाहन्छौँ । त्यसैले यस्ता योजना सार्वजनिक गरेका हौँ ।’

भाटभटेनीले एक महिनाको अवधिमा ग्राहकका लागि २५ करोडको सब्सिडी दिँदैछ । जसमा सबैभन्दा बढी उपभोग्य वस्तु चिनीमा दिन लागिएको छ ।

भारतसँगको सीमा क्षेत्रमा रहेका ६ वटा स्टोरमा हामीले अहिले पनि ६९ रुपैयाँ प्रतिकेजी चिनी दिइरहेकाे समेत सीओओ पौडेलले बताए ।

पौडेलका अनुसार भाटभटेनीका २३ वटै स्टोरमा कस्मेटिक तथा स्याम्फु आइटममा दश प्रतिशतसम्म छुट रहेको छ भने फ्रोजन मिटमा १० प्रतिशतसम्म छुट छ ।

अर्को योजना हो प्रत्येक हप्ता एउटा स्टोरमा तीन जनाले ३० सेकेन्डमा चाहेजति सामान लिन सक्ने व्यवस्था ।

ग्राहकले ३० सेकेन्डभित्र ‘ग्रोसरी’ आइटममा चाहेको जति सामग्री लिन सक्नेछन् । तर ३० सेकेन्डभित्र आफूले लिने सामान लिइसक्नुपर्नेछ ।

‘२३ वटा स्टोर छ हप्तामा तीन जनाले यसमा भाग लिन पाउनेछन्,’ पौडेलले भने, ‘चार हप्तासम्म यो योजना रहनेछ । उपभोग्य सामग्रीमा जे लिए पनि ३० सेकेन्डमा लिन सक्नुहुनेछ । थोरैले १० र बढीमा २८ हजारसम्म लिनुभएको थियो ।’

१० हजार बढीका कपडा लिएर क्युआरमार्फत रकम भुक्तानी गर्दा एउटा झोला सित्तैमा दिइनेछ ।

असोज १ गतेदेखि लागु भएको यो योजना एक महिनासम्म कायमै रहनेछ ।

असोज १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्