सल्यानमा जीप दुर्घटना: आठ जनाको मृत्यु, एक गम्भीर घाइते

सांकेतिक तस्बिर।

काठमाडाैँ – सल्यानमा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएकाे छ ।

बाँकेको कोहोलपुरबाट सल्यान रिङका लागि छुटेको रा१ज ५६३ नम्बरको जीप सल्यानको कपुरकोट गाउँपालिका-६ रिम जलवाङगमा बुधबार बिहान करिब ३:३० बजे जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

मृतक सल्यानको कपुरकोटकै भएकाे र उनीहरू सबैको सनाखत भने भइनसकेको सल्यानका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका एक जनालाई उद्धार पछि उपचारका लागि दाङ तुलसीपुर लैजाने तयारी गरिएको छ ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

असोज १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्