माल्दिभ्समा जारी साबामा नेपालकाे पहिलाे जित

काठमाडाैँ- माल्दिभ्समा जारी साउथ एसियन बास्केटबल च्याम्पियनसिप  (साबा)मा नेपालले पहिलो जित हासिल गरेको छ।

माल्दिभ्सको राजधानी मालेमा मंगलबार राति सम्पन्न खेलमा श्रीलंकालाई ५५-४९ ले पराजित गर्दे नेपालले प्रतियोगितामा पहिलो जित निकाल्यो।

यसअघि पहिलो खेलमा नेपाल आयोजक माल्दिभ्ससँग पराजित हुँदा शीर्ष स्थानमा रहेर उपाधि जित्ने सम्भावना कमजोर मानिएको थियो। यद्यपि श्रीलंलकालाई पराजित गरेसँगै नेपाल पुन: खेलमा फर्किएको छ।

प्रतियोगितामा ४ राष्ट्र सहभागी रहेका छन्। राउण्ड रोबिनको लिगपछि शीर्ष टोलीले उपाधि जित्नेछ।

सन् २०१६ मा नेपालमा भएको प्रतियोगितामा श्रीलंका च्याम्पियन बन्दा नेपाल उपविजेता भएको थियो। उक्त खेल नेपालले ७५-४९ ले गुमाएको थियो।

दक्षिण एसियाका चार राष्ट्रमात्र सहभागी प्रतियोगितामा नेपालले अन्तिम खेलमा भुटानसँग बुधबार खेल्ने छ।

असोज १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्