पर्पलका १६ नयाँ एसेसरिज नेपाली बजारमा

काठमाडाैँ – पर्पलले हालै नेपाली बजारमा १६ नयाँ एसेसरिज उत्पादनहरू सार्वजनिक गरेकाे छ ।

सस्तो मूल्यमा उच्च गुणस्तरीय उत्पादनहरू उपलब्ध गराउने लक्ष्यका साथ प्रवन्ध निर्देशक नितेशकुमार मुन्द्राले १ वर्षको ग्यारेन्टीका साथ उच्च गुणस्तरीय तथा सबैभन्दा लामाे र टिकाउ उत्पादनहरू उपलब्ध गराउने दाबी गरेका छन् ।

यसका साथै उनले मूल्य बिन्दुमा कम गुणस्तरीय उत्पादनहरू प्राप्त गने सबै उपभोक्ताहरूको ध्यान खिच्न चालेकाे बताए ।

बजारमा एसेसरिजको ठूलो माग भएकाले पर्पल नेपालमा सबैभन्दा बढी बिक्री हुने एसेसरिज उत्पादन भएको उनको
विश्वास छ ।

हाल लन्च गरिएका एसेसरिजहरू उपभोक्ताहरू लाभवान्वित हुन सक्ने उत्कृष्ठ मध्ये एक रहेकाे छ ।

सबै उपभोक्तालाई सहज बनाउन पर्पलले नेपालका सबै उपभोक्ता, इलाेक्ट्राेनिक स्टाेर, दराज र एसकार्डमा सबै उत्पादनहरू राखेकाे छ ।

एक वर्षकाे ग्यारेन्टीका साथ पर्पलले काठमाडाैँ उपत्यकाभित्र पिक एण्ड ड्रप सुविधाका साथमा बिक्रीपछिकाे उत्कृष्ठ सेवा पाउनु सुनिश्चित गर्दछ ।

चाडपर्वकाे चहलपहल सुरू भएकाले र चाडपर्वलाई अझ आकर्षक बनाउन पर्पलले हालै बजारमा ‘पर्पल उपहार हर्पल’याेजना ल्याएकाे छ । यस याेजनाअन्तर्गत ग्राहकहरूले टिभी, एयरफ्रायर, स्मार्टफाेन, घडी, इयरबड, चााँदीको सिक्का साथै बुलेट बाइक, स्कूटी जस्ता बम्पर उपहारहरू जित्न सक्नेछन् ।

कम्पनीका अनुसार याे योजना नोभेम्बर १५ सम्म चल्नेछ ।

असोज १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्