काठमाडाैँ- विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्र बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन्।

सोमबार साँझ अध्यक्ष समीक्षा बास्कोटालाई राजीनामा बुझाएका उनी आज राप्रपामा प्रवेश गरेका हुन्।

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले एकता घोषणापत्रमा हस्ताक्षर गरे। शंखघन्टको ध्वनिसहित दुवैजनाले एकतापत्रमा हस्ताक्षर गरेका हुन्।

यससँगै मिश्र नेतृत्वको बृहत्तर ध्रुवीकरण पक्षधर र राप्रपाबीच औपचारिक एकता भएको छ। घाेषणापत्रमा ४ बुँदा उल्लेख गरिएकाे छ।

लिङ्देन र मिश्रले एकअर्कालाई माला पनि लगाइदिएका थिए। मिश्र अब राप्रपाकाे वरिष्ठ उपाध्यक्ष बनेका छन्।

स्राेतका अनुसार मिश्र काठमाडौँ- १ बाट चुनावी प्रतिस्पर्धाको तयारीमा रहेको समेत बताइएकाे छ।

लिङ्देन र मिश्रले एकअर्कालाई माला पनि लगाइदिएका थिए। मिश्र अब राप्रपाकाे वरिष्ठ उपाध्यक्ष बनेका छन्।

स्राेतका अनुसार मिश्र काठमाडौँ- १ बाट चुनावी प्रतिस्पर्धाको तयारीमा रहेको समेत बताइएकाे छ।

तस्बिरहरुः बर्षा शाह/देशसञ्चार