जनचेतनामूलक कार्यक्रम गरी मनाइयाे विश्व रेविज दिवस

काठमाडाैँ- विश्व रेविज दिवस बुधबार विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै मनाइएको छ।

हरेक वर्ष सेप्टेम्बर २८ मा मनाइने रेविज दिवस नेपालमा पनि एक स्वास्थ्यको कार्यान्वयन, रेविजबाट शून्य निधन भन्ने नाराका साथ मनाइएको हो।

दिवसका अवसरमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा पुगेर जनावरहरूको अवस्थामा बारेमा जानकारी लिइएको थियो भने अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरेको थियो।

बहुला कुकुरको टोकाइबाट मानिसमा सर्ने रेविज रोग बिरालो, न्याउरीमुसा र स्यालको टोकाइबाट यो रोग सर्ने गर्दछ।

महाशाखाका निर्देशक डा. चुमनलाल दासले सन २०३० सम्म रेविजबाट शून्य निधनको योजनामा अनुसार काम भइरहेको बताए।

नेपालका सबै जिल्ला अस्पताल र सरुवा रोग अस्पतालहरुबाट रेविजविरुद्धको खोप उपलब्ध रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

नेपालमा लगभग आधार जनसंख्या रेविज रोगको उच्च जोखिममा रहेको पाइन्छ भने नेपालमा हरेक वर्ष सयजना मानिसको रेविज रोगका कारण मृत्यु हुने प्रतिवेदनले देखाएको छ।

 

असोज १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्