रवीन्द्र मिश्रलाई पार्टीमा भित्र्याउँदै लिङ्देनले भने- पदका लागि झगडा गर्नेछैनौँ

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पदका लागि झगडा नगर्ने बताएका छन्।

राप्रपा र मिश्र समूहको एकता घोषणा कार्यक्रममा उनले यस्ताे बताएका हुन्।

अध्यक्ष लिङ्देनले भने, ‘पदका लागि झगडा गर्नेछैनाैँ, दुई कार्यकाल दाेहाेरिँदैन।’

यसैगरी उनले राप्रपामा मिश्रलाई जाेड्न पाउँदा खुसी व्यक्त गरे।

‘मिश्रभन्दा अघिदेखि राजनीतिमा छु। सत्ता प्राप्त गर्न सकिन्छ तर अवस्था बदल्न सकिँदैन। मभन्दा अघि पनि राप्रपा बदल्न खोज्नेहरू थिए तर त्यहाँ आक्रोश थियो, कुन्ठा थियो’, अध्यक्ष लिङ्देनले भने,’पार्टी सुधार गर्नु जरुरी देखेर पुस्तान्तरणको काम सम्पन्न गर्‍याेँ तर यतिले मात्रै पुग्नेवाला थिएन छैन। रवीन्द्रजीलाई राप्रपामा जोड्न पाएँ, मेरो लागि मात्रै नभइ राजतन्त्रको आवश्यकता ठान्ने संघीयताको खारेजी चाहने सबैको लागि खुसीको कुरा हो।’

उनले मिश्रलाई पार्टीमा सहज महसुस गर्न आग्रह गरे। यसैगरी, उनले आशंकाकाे नजरले हेरेकाहरूलाई गलत साबित गरिदिनसमेत आग्रह गरे।

असोज १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्