ख्वप फुटसल टुर्नामेन्ट सुरू

भक्तपुर – ख्वप कलेजको आयोजनामा बुधबारदेखि ख्वप कलेज फुटसल टुर्नामेन्ट सुरु भएको छ। फुटसल टुर्नामेन्टको उद्घाटन नगरप्रमुख सुनील प्रजापतिले गरेका हुन्रे।

सूर्यविनायकस्थित हेल्दी फुटसल इट्बुमा जारी प्रतियोगिता भोलिसम्म चल्नेछ। उद्घाटनका कार्यक्रममा नगरपालिकाका प्रमुख प्रजापतिले खेलकुद मनोरञ्जनको लागि मात्र नभई मित्रता, अनुशासन र शारीरिक तथा मानसिक स्वास्थ्यको लागि हुनुपर्नेमा जोड दिए।

विद्यार्थीले पढाइ सँगसँगै खेलकुदमा सहभागिता बढाउँदा आफ्नो लक्ष्यमा पुग्न मद्दत पुग्ने उनको भनाइ थियो। खेलमा हार जित स्वाभाविक प्रक्रिया भएको हुँदा हार्दा आत्तिने र जित्दा मात्तिन नहुनेतर्फ बताए।

 

असोज १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्