डेंगी संक्रमणबाट एकैदिन चार जनाको मृत्यु

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा देशभर २ हजार २६ जना डेंगी संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएकासँगै गत साउन १ गतेदेखि नेपालमा २७ हजार ५६९ जनामा डेंगी संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा डेंगीका कारण थप चार जनाको ज्यान गएको छ। यससँगै डेंगीबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ।

सबैभन्दा बढी डेंगीका बिरामी बागमती प्रदेशमा रहेका छन्। बागमती प्रदेशमा २१ हजार ५८९ जना डेंगीका बिरामी भेटिसकेका छन्।

गत साउन १ गतदेखि हालसम्म प्रदेश १ मा ८१५, मधेस प्रदेशमा ४०५, गण्डकी प्रदेशमा ६५३, लुम्बिनी प्रदेशमा ३ हजार ५०, कर्णाली प्रदेशमा २३६ र सुदूरपश्चिम प्रदेशमा ८२१ जना डेंगीका बिरामी भेटिएको मन्त्रालयले जनाएको छ।

असोज १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्