दसैँमा जहिल्यै कर्णालीका हिमाली जिल्लावासीको पीडाः हवाई कहिले सहज होला ?

सिमकोट – दसैँ सुुरु भएपछि सबैतिर रमाइलो र खुसीयाली भइरहेका बेला कर्णालीका हिमाली जिल्लाका बासिन्दालाई भने टिकट नपाएर घर जान नपाइने पिरलो सुुरु भएको छ।

डलरमुखी एयरलाइन्सहरू काठमाडौँ केन्द्रित भएपछि यतिबेला साविक कर्णालीका बासिन्दा नेपालगञ्ज र सम्बन्धित जिल्लामा टिकट नपाइएको ध्यानमै रहेका छन्।

असोज लागेसँगै जहाज काठमाडौँ फर्किंदा दसैँमा घर जाने तयारीका यात्रुुलाई टिकटको पिरलो सुुरु भएको छ। अन्य बेला कर्णालीका हुम्ला, जुम्ला, मुुगुु र डोल्पाका लागि उडान भरेर मुनाफा कमाउने एयरलाइन्स यतिबेला डलरको पछि लाग्दा कर्णालीवासीले पीडा भोग्नुुपरेको हो।

यो पिरलो यात्रुुलाई मात्र नभई उनीहरूका घरपरिवारका सदस्यमा समेत उस्तै छ। अझ कोरोनाका बेला दसैँ ठप्प भएको समयमा ती एइरलाइन्सलाई हुम्ला जिल्लाले मात्र धानेको थियो।

सडक यातायात नजोडिएको कारण खाद्यान्नलगायत सामान ढुवानीका लागि स्थानीय प्रशासनको समन्वयमा कोरोनाको समयमा एयरलाइन्सहरूले निर्वाध उडान भरेर आर्जन गर्न पाएका थिए।

अलिकति पनि त्यो गुण फिर्ता गर्नु निजी एयरलाइन्सले उचित ठानेको देखिँदैन। अहिले ती एयरलाइन्सले एकरति पनि मानवीय गुण देखाउन सकेका छैनन्।

कर्णालीका अन्य जिल्लाको भन्दा हुम्ला जिल्लाको पीडा बेग्लै छ। किनकि दक्षिणी हुम्लाका गाउँपालिका यातायात जोडिएका छन्।

त्यहाँका बासिन्दालाई गाडीभाडा महँगो तिर्नुपरे पनि घर जान खासै समस्या छैन। तर, उत्तरी हुम्लाका तीन वटा गाउँपालिका खार्पुनाथ, सिमकोट र नाम्खाका लागि अहिले पनि हवाई जहाजको विकल्प छैन। तैपनि, हरेक दसैँमा हवाई यातायातको समस्या भोग्नुु त्यहाँका बासिन्दाको पर्याय भएको छ।

बडादसैँ सुुरु भएसँगै सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लाका हवाई यात्रुुलाई टिकट पाउनै सास्ती भएको छ।

अन्य बेला कर्णालीका हिमाली जिल्लामा उडान भर्ने निजी एयरलाइन्स काठमाडौँ फर्केपछि सिमकोट र नेपालगञ्जमा यात्रुुलाई टिकट पाउन सास्ती भएको हो।

हप्ताँैदेखि नेपालगञ्ज झर्ने तयारी गरेका यात्रुु सिमकोटमा सयौँ छन्। उनीहरू सबै दसैँका लागि घर जान लागेका हुन्।

अरु बेला दैनिक १० देखि १५ वटा उडान भर्ने निजी एयरलाइन्सका जहाजले दसैँका बेला दैनिक एक मात्र उडान भर्दा हुुम्लाका यात्रुलाई यो समस्या भएको हो। त्यो पनि समिट एयरले दिनमा एक मात्र उडान भर्ने गरेको छ। दसैँका लागि आ–आफ्नो घर जाने तयारीमा कर्मचारी, व्यापारी, सुरक्षाकर्मीलगायतलाई एयरलाइन्सका कार्यालयमा जानुु टिकटका लागि कुरा गर्नु र फिर्ता हुनुु सामान्यजस्तै भएको छ।

यो समस्या सिमकोटमा मात्र नभई नेपालगञ्जबाट सिमकोट आउने यात्रुुको पनि उस्तै छ। जहाँ अधिकांश विद्यार्थी टिकट नपाएर नेपालगञ्जको राँझा एयरपोर्टमा भौँतारिन बाध्य छन्।

सिमकोट जाने यात्रुु नेपालगञ्जमा तीन सयभन्दा बढी रहेको र अझै देशका अन्य भागमा अध्ययन तथा कामका सिलसिलामा गएका मानिस आउने क्रम जारी छ।

नेपालगञ्ज विमानस्थलमा विद्यालय र कलेजमा उच्च शिक्षा अध्ययनका लागि बाहिर बस्दै आएका विद्यार्थीको घुुइँचो लाग्ने गरेको छ।

दसैँका बेला हवाईजहाजको समस्या यस वर्ष मात्र नभई बर्सेनि उस्तै रहेको र निजी एयरलाइन्स सेवाभन्दा पनि व्यापारमुखी भएका कारण यो समस्या आएको गुनासो ती विद्यार्थीको छ।

अधिकांश समय नेपालगञ्ज आधार बनाएर बस्ने निजी एयरलाइन्समा तारा र सीताका जहाज काठमाडौँ फिर्ता भएका छन् भने समिट एयरले कर्णाली तथा सुदूरपश्चिमका हिमाली जिल्लामा दैनिक एक उडान भर्ने गरेको छ।

जहाजबारे बुुझ्न खोज्दा नेपालगञ्जका निजी एयरलाइन्सका कर्मचारी जहाज फिर्ता भएको बाहेक अन्य कुरा केही भन्न सक्ने अवस्थामा छैनन्।

कर्णालीका यात्रुले पीडा भोगेको कुरा बाहिर आए पनि सरकार कानमा तेल हालेसरह देखिन्छ। स्थानीय प्रशासनले समन्वय गर्न खोजे पनि निजी एयरलाइन्स सुन्ने अवस्थामा छैनन्।

किनकि यतिबेला पर्वतारोहणको समय सुुरु भएकाले डलरभन्दा उनीहरुका लागि ठूलो लाग्ने अवस्था रहेन।

असोज १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्