काकाले रडले हिर्काउँदा चार वर्षीय बालकको मृत्यु

सांकेतिक तस्बिर।

जनकपुरधाम – धनुषामा फलामको रड प्रहारबाट चार वर्षीय बालकको ज्यान गएको छ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरमा बुधबार दिउँसो ३ बजे २८ वर्षका रवि पासवानले रडले हिर्काउँदा उनका चार वर्षीय भतिज अनुप पासवानको मृत्यु भएको हो।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार रड प्रहारबाट बालक गम्भीर घाइते भएका थिए। स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा उनको मृत्यु भएको हो।

प्रहरीले रविलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका हिरासतमा राखेको छ।

असोज १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्