तस्बिर स्राेत: सुरेन्द्र पाण्डेकाे सामाजिक सञ्जालबाट।

काठमाडाैँ – नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई मातृशाेक परेकाे छ ।

नेता पाण्डेकी  ८७ वर्षीया आमा मनमाया पाण्डेको बिहीबार बिहान करिब चार बजे काठमाडौँको सितापाइलामा निधन भएकाे उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।

मंसिर ४ गते हुने प्रतिनिधिसभाकाे निर्वाचनमा चितवन- १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न नाम दर्ता गराएका उनी चुनावी अभियानमै व्यस्त रहँदा यस्ताे खबर पाएकाे जानकारी गराए ।

साथै उनले आज, भोली र पर्सि रत्ननगर, राप्ती र भरतपुरमा तय भएका कार्यक्रममा उपस्थित हुन नसक्ने मेत जानकारी गराएका छन् ।

स्वर्गीय पाण्डेका एमाले नेता सुरेन्द्र पाण्डे, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसहित पाँच छोरा र तीन छोरी छन् ।

स्वर्गीय पाण्डेको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।

असोज १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्