इंग्ल्यान्डविरुद्ध पाकिस्तानलाई अग्रता

काठमाडाैँ – पाकिस्तान भ्रमणमा रहेको इंग्ल्यान्नड पाँचौ टी-२० अन्तर्राष्ट्रिय खेलमा घरेलु टोलीसँग ६ रनले पराजित भएको छ।

लाहोरमा बुधबार राति भएको खेलमा पाकिस्तानले इंग्ल्यान्डलाई पराजित गर्दै ७ खेलको टी-२० सिरिजमा ३-२ को अग्रता बनायो।

टस हारेर पहिलो ब्याटिङ गरेको पाकिस्तान १९ ओभरमानै अलआउट हुँदै १ सय ४५ रनमा समेटिएको थियो। सामान्य विजयी लक्ष्य लिएर मैदान उत्रिएको इंग्ल्यान्ड पाकिस्तानी बलरसामु खुलेर खेल्न असफल हुँदा निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रनमा समेटिएको थियो।

इंग्ल्यान्डका लागि कप्तान मोइन अलीले ५१ रनको अर्धशतकीइ इनिङ खेल्दा डेभिड मलानले ३६ र साम कुरानले १७ रन बनाए।

त्यस्तै, क्रिस वक्स र बेन डकेटको समान १० रन थप दोहोरो स्कोरका रुपमा रह्यो।

त्यसअघि पहिलो ब्याटिङ गरेको पाकिस्तानले भने ओपनर मोहम्मद रिजवानको ६३ रनममा मध्यम स्कोर तयार गरेको थियो। त्यस्तै, इफ्तिखर अहमेदले १५ रन बनाउँदा आमिर जमालले १० रन जोडे।

इंग्ल्यान्डका लागि मार्क वुडले ३ विकेट लिँदा डेभिड विली र सा कुरानले २-२ विकेट लिएका थिए।

असोज १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्