एमाले सचिवालय बैठक बस्दै, उम्मेदवार टुङ्गाे लगाउने तयारी

फाइल तस्बिर ।

काठमाडौँ – नेकपा एमालेको सचिवालय बैठक आज बिहीबार बस्दैछ ।

आगमाी मंसिर ४ गतेका लागि तय भएको निर्वाचनका लागि उम्मेदवारी मनोनयनको मिति नजिकिँदै जाँदा एमाले उम्मेदवार टुङ्ग्याउने चटारोमा छ ।

बैठक अपराह्न ३ बजे अध्यक्ष केपी ओलीनिवास बालकोटमा बस्नेछ । बैठकमा संघ र प्रदेशका प्रत्यक्षतर्फका उम्मेदवार चयन र निर्वाचन घोषणापत्रमा केन्द्रित रहेर छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

एमालेले बुधबार सचिवालय बैठक बोलाए पनि गृहकार्य नपुगेको भन्दै एक दिन पर धकेलेको थियो ।

असोज १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्