यस्ताे छ शनिबारसम्मको मौसम पूर्वानुमान

फाइल फोटो ।

काठमाडौँ – हाल मनसुनको न्यून चापीय रेखाको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहीबार मुलुकका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना छ ।

आज दिउँसो प्रदेश १, मधेश र बागमतीका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।

राति प्रदेश १ र बागमतीका एक-दुई स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ ।

महाशाखाका अनुसार शुक्रबार पहाडी भू-भागका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।

शनिबार पनि पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

असोज १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्