अटाे एक्स्पाे कार मेला: पुरानाे गाडी बेच्ने र नयाँ गाडी किन्नेकाे आकर्षण

काठमाडाैँ- अटो एक्स्पो दशैँ कार मेलामा सेकेण्ड ह्याण्ड गाडी बेच्ने र किन्नेहरूको आकर्षण बढेको छ।

बुधबारदेखि ‘क्यास अन ह्वील’ ले नेपालमा नै पहिलो पटक दशैँलक्षित अटो एक्स्पो सुरु गरेको हो।

सेकेण्ड ह्याण्ड गाडी किन्न र बेच्न चाहने मानिसहरूले अटो एक्स्पो दशैँ कार मेलामा गएर पुरानो गाडी बेच्ने र नयाँ गाडी खरिद गर्न पाउने सुविधासहित मेला आयोजना गरिएको आयोजकले जनाएको छ।

आयोजकले नेपालमा पहिलो पटक सेकेण्ड ह्याण्ड गाडी खरिद र बिक्री मेलामा मानिसहरूको आकर्षण बढिरहेको बताएको छ।

क्यास अन ह्वीलका निर्देशक सुवास प्रधानले नेपालमा पहिलोपटक आफूसँग भएको गाडी बेच्न चाहनेहरूलाई एउटै छानामुनि ल्याउने प्रयासमा अटो एक्स्पो आयोजना गरिएको बताए।

पुरानो गाडीको मूल्य तोकेर बेच्न चाहनेहरूले क्यास अन ह्वील र मेलामा बेच्नसक्ने उनकाे भनाइ छ।

त्यस्तै, क्यान अन ह्विलका अध्यक्ष मोहन भण्डारीले नेपालमा अटो एक्स्पोहरूमा नयाँ गाडी किन्ने तर पुरानो गाडी के गर्ने भन्ने समस्या बढ्दै गएकाले यो एक्स्पोले अन्योलतालाई चिर्ने बताए।

उनले पुराना गाडी बेच्न ल्याउने र मूल्य निर्धारण गरेर पुरानो गाडी दिएर नयाँ गाडी लिएर जान पाउने सुविधा रहेको बताए।

नेपाली बजारमा अटो व्यवसाय क्षेत्रमा माग बढी रहेकाले यस्ता एक्स्पोहरूको आवश्यक रहेको उनकाे भनाइ छ।

मेला १४ गते शुक्रबारसम्म संचालन हुनेछ। मेला बिहान १० बजेदेखि साँझ ६ बजेसम्म चल्नेछ। मेलामा प्रवेशका लागि कुनै शुल्क नलाग्ने आयोजकले जनाएको छ।

शोमा २०० भन्दाबढी सेकेण्ड ह्याण्ड गाडीहरू प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् भने सुजुकी, फोर्सको गुर्खा, क्रसफायर लगायत ब्राण्डका नयाँ सवारीसाधनहरू समेत प्रदर्शित छन्।

गाडी किनबेच वा एक्सचेन्ज गर्न अहिलेको जमानामा थुप्रै विकल्पमध्ये क्यान अन ह्विल पनि एक माध्यम बनेको छ।

असोज १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्