चलचित्र बोर्डको निर्देशन : मुभीकोड नआएसम्म अग्रिम बुकिङ नखुलाउनू

फाइल तस्बिर

काठमाडौँ- सेन्सर पास भएर मुभीकोड नआएसम्म सिनेमाघरले अग्रिम बुकिङ खुलाउन नपाउने चलचित्र विकास बोर्डले जनाएको छ। ।

बोर्डले विदेशी फिल्मको प्रदर्शनलाई थप कडाइ गर्ने संकेत दिँदै यस्तो बताएको हो।

बोर्डका अध्यक्ष भुवन केसीले बिहीबार मुलुकको सबैभन्दा ठूलो मल्टिप्लेक्स सिनेमा चेन क्यूएफएक्सलाई पत्र काट्दै मुभीकोड र डिस्ट्रीब्युसनकोड नराखी फिल्मको शो र टिकट बुकिङ नखोल्न निर्देशन दिएका छन्।

क्यूएफएक्सले शुक्रबारदेखि रिलिज हुने बलिउड फिल्म ‘विक्रम वेधा’ को शो बिहीबार सार्वजनिक गरेपछि बोर्ड अध्यक्ष केसीले पत्र काटेका हुन्।

असोज १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्