दशैँअघि नेप्सेमा छायाे हरियाली

सांकेतिक तस्बिर ।

काठमाडाैँ- दशैँअघि सेयर बजार मापक नेप्सेमा हरियाली छाएको छ। पछिल्लो समय लगातार रूपमा घट्दै गएको नेप्से परिसूचक दुई दिनदेखि सकारात्मक गति समातेको हो।

दशैँअघिको अन्तिम कारोबार दिन बिहीवार नेप्से सूचक १६.२९ अंकले बढेर १८५३.७६ बिन्दुमा पुगेको छ।

बिहीवार कारोबारमा आएका २२३ कम्पनीको १७ लाख ९१ हजार ४८० कित्ता सेयर ६३ करोड २४ लाख ७ हजार ६२७ रुपैयाँ बराबरको कारोबार भएको छ। बुधवार ४८ करोड ५४ लाख रुपैयाँमात्रै कारोबार भएको थियो।

बिहीवार नेप्सेका १३ वटा उपसमूहमध्ये जीवन बीमा बाहेक सबै उपसमूहको सूचक सकारात्मक देखिएको छ। बीमा उपसमूहको सूचक ०.०६ प्रतिशतले गिरावट आएको छ भने सबैभन्दा धेरै माइक्रोफाइनान्स उपसमूहको १.६५ प्रतिशतले बढेको छ।

बिहीवार अभियान लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढेको छ भने गुँरास लघुवित्तको ५.७६ प्रतिशत, समिट लघुवित्तको ५.४० प्रतिशत र जनउत्थान सामुदायिक लघुवित्तको ५.१३ प्रतिशतले बढेको छ।

तर यता सामलिङ्ग पावरको सेयरमूल्य ७.९४ प्रतिशतले घटेको छ। हिमालयन पावर पार्टनरको ३.६९ प्रतिशत र युनाइटेड मोदी हाइड्रोपावरको ३.४५ प्रतिशतले घटेको छ।

बिहीवार नबिल बैंकको सबैभन्दा धेरै २ करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ।

नेपाल स्टक एक्सचेन्ज अब आउँदो नौ दिनका लागि बन्द भएको छ। शेयर बजार अब आगामी २३ गतेबाट मात्रै खुल्नेछ।

असोज १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्