२४ घन्टामा थपिए ५४० डेंगीका नयाँ बिरामी, दुई जनाको मृत्यु

सांकेतिक तस्बिर।

काठमाडौँ- पछिल्लो चौबिस घण्टामा देशभर ५४० जना डेंगीका नयाँ बिरामी थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै गत साउन १ गतेदेखि यता नेपालमा डेंगी बिरामीको संख्या २८ हजार १०९ पुगेको छ।

बितेको चौबिस घण्टामा डेंगीका कारण थप दुई जनाको मृत्यु भएको छ। योसँगै यसवर्ष डेंगीका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ।

नेपालमा पहिलो पटक २०६१ सालमा डेंगीको बिरामी भेटिएका थिए। त्यसपछि प्रत्येक वर्ष डेंगीका बिरामी भेटिँदै आएका छन्।

यसवर्ष देशका ७७ मध्ये ७६ जिल्लामा डेंगीका बिरामी भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार अहिले सबैभन्दा बढी डेंगीका बिरामी बामगती प्रदेशमा भेटिएका छन्। बागमती प्रदेशमा २१ हजार ९७५ जना डेंगीका बिरामी भेटिसकेका छन्।

गत साउन १ गतदेखि हालसम्म प्रदेश १ मा ८२९, मधेस प्रदेशमा ४१३, गण्डकी प्रदेशमा ६७७, लुम्बिनी प्रदेशमा ३ हजार १२५, कर्णाली प्रदेशमा २३८ र सुदुरपश्चिम प्रदेशमा ८५० जना डेंगुका बिरामी भेटिएको मन्त्रालयले जनाएको छ।

असोज १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्