विकृतिविरुद्ध सडक नाटकद्वारा जनचेतना फैलाइँदै

सिमकोट – गाउँ–गाउँमा विद्यमान विकृति तथा विसंगतिविरुद्ध स्थानीय कलाकारद्वारा सडक नाटक प्रस्तुुत गरिएको छ। स्थानीय भाषा र देउडा गीतमार्फत कलाकारले गाउँघरमै पुगेर सडक नाटक देखाउने गरिएको हो।

सिमकोट गाउँपालिका–८ का वडाध्यक्ष कमल बुढाका अनुुसार समाजमा हुने सबै खाले विकृति, विसंगतिविरुद्ध जनचेतना फैलाउनका लागि सडक नाटकमार्फत कलाकारले सन्देश दिने गरेका छन्।

अहिले पनि जिल्लामा बोक्सी, छाउ, अछुुत, बालविवाह, बहुुबिबाह, सुत्केरीलाई गोठमा राख्ने, सुत्केरी र शिशुुले हरियो सागपात खान नहुने बिरामी भए धामी बसाल्ने चलनलगायत विकृति रहँदै आएकामा त्यसविरुद्ध सडक नाटकमार्फत कलाकारले सन्देश दिने गरेका हुन्।

बालविवाहको सबैभन्दा ठूलो समस्या रहेको र त्यसविरुद्ध सडक नाटकमार्फत कानुनी कुराबारे जानकारी दिने कार्य भएको छ।

नाटकको विषयवस्तुु भने आधार विकास नेपालले तय गरेको थियो। नाटक तयारी र प्रदर्शन गर्ने जिम्मेवारी पाएको कर्णाली कलाकार संस्थाका अध्यक्ष मानबहादुुर रावतले गाउँगाउँमा चेतना फैलाउने कार्य भएको बताए।

नाटकमा विभेद गर्न हुने र नहुनेबारे जानकारी दिन खोजिएको थियो। स्थानीय भाषाको प्रयोग र देउडा गीतमार्फत विकृतिविरुद्ध सन्देश दिने कार्य भएकाले यसबाट समाजमा केही परिवर्तन हुने विश्वास गरिएको छ।

यसका लागि आठ जना कलाकार परिचालन भएको थिए। यसका लागि आधार विकास नेपालले आर्थिक तथा प्राविधिक सहयोग गरेको हो।

असोज १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्