नवौँ राष्ट्रिय खेलकुद- २०७९ को ट्रफी जानकी मन्दिरमा अनावरण

जनकपुरधाम- नवाैँ राष्ट्रिय खेलकुद २०७९ को ट्रफीलाई जनकपुरधाममा अनावरण गरिएको छ।

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जानकी मन्दिरमा ट्रफी अनावरण गरेका हुन्।

ट्रफी अनावरण गर्दै मुख्यमन्त्री राउतले खेलाडीहरू राष्ट्रको गहनाको रूपमा रहेकाले उनीहरूको जीवनयापनको व्यवस्था राज्यको दायित्व रहेको बताए।

उनले मधेस सरकार स्थापना पश्चात खेलाडीहरूको लागि जीवनयापनको ठोस व्यवस्थापन गर्ने लक्ष्य राखे पनि गर्न नसकेकोमा दुःख व्यक्त गर्दै उनले अगामी दिनमा यसका लागि आफू सदैव सक्रिय रहने बताए।

असोज १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्