सालकको खपटासहित काठमाडौंबाट दुई जना पक्राउ

काठमाडौँ – प्रहरीले सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीको गालञ्जोर गाउँपालिका-४ का ५५ वर्षीय यमबहादुर कामी र फिक्कल गाउँपालिका-४ का २८ वर्षीय रत्नबहादुर मगर छन्।

गोप्य सूचनाको आधारमा बिहीबार दिउँसो खटिएको सिआइबीको टोलीले साढे दुई केजी सालकको खपटासहित उनीहरूलाई काठमाडौंको पेप्सीकोलाबाट पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ।

 

असोज १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्