‘हाइलाइफ’, जसलाई हाँक्दैछन् २९ वर्षीय युवा प्रशान्त घिमिरे (भिडियो)

काठमाडौँ – नेपालीहरुको महान् चाड दसैँ सुरु भइसकेको छ। दसैँ भन्ने बित्तिकै नेपालीहरुको भान्सामा नभइ नहुने कुरा मध्ये एक हो चिउरा ।
मासुसँग होस् या दहि चउरा होस् अहिले पनि प्राय नेपालीहरुको भान्सामा दसैँमा चिउराको प्रयोग उतिकै हुने गरेको छ। पहिले पहिले ढिकिमा कुटेर चिउरा तयार गरिन्थ्यो तर हिजोआज त्यो परम्परा लगभग हराइ सकेको छ। यद्यपि बजारमा भने आधुनिक मिलबाट बनेका चिउराहरु प्रशस्तै पाइन्छन्।
बजारमा आएका चिउराहरु कुन रोज्ने भन्ने दुविधा पक्कै पनि छ। तर हिजोआज धेरैको रोजाइमा हाइलाइफका चिउरा पर्ने गरेको छ।
स्वदेशी उत्पादनलाई जोड दिँदै सेवा बिस्तार गर्दै आएको कम्पनी हो हाइलाइफ। हाइलाइफले सन् २०१८ देखी व्यावसायिक उत्पादन दिँदै आएको कम्पनीमा संचालक प्रशान्त घिमेरे बताउँछन्। उनी आफैमा एक युवा व्यवसायी समेत हुन्। सानै उमेरदेखि बाबुको व्यवसायलाई सघाउँदै आएका प्रशान्तले आज एक सफल व्यवसायीको पहिचान बनाइसकेका छन्।
कम्पनीलाई अघि बढाउने कुरामा उनी सँधै क्रयाशिल रहन्छन्। तीस लाख रूपैयाँ लगानीमा सुरू भएको हाइलाइफ छोटो समयमा नै तीन गुणाने बृद्धि भइसकेको छ।
कर्नफ्लेक्सबाट उत्पादन सुरू गरेको ब्रान्डले अहिले ८६ वटाभन्दा बढी प्रकारका खानेकुरा उत्पादन गर्दै आएको घिमिरे बताउछन्।
व्यस्त र आधुनिक जीवनशैली अनुसार ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै गुणस्तरीय उत्पादन र प्याकेजिङलाई प्राथमिकता दिनु नै यसको विशषेता हो । नेपाली उत्पादनप्रति ग्राहकको नकारात्मक धारणाको अन्त्य गर्दै उच्च घरानाका व्यक्तिहरुले पनि सहजै नेपाली उत्पादनलाई प्रयोग गर्न सक्नेगरी आक्रामक बजार नीति ल्याउने युवा हुन् प्रशान्त । सानै उमेरदेखिको व्यवसायिक आचरणले उनलाई नयाँ खोज र प्रयोगमा माहिर बनाएको छ । स्थापनाको छोटो समयमा नै ‘हाइलाइफ फूड प्रोडक्ट्स’ लाई नेपालभर हाइलाट गराउन सफल युवा व्यवसायी प्रशान्तको उमेर भने भर्खर २९ वर्ष पुगेको छ। यद्यपि व्यवसायीक अनुभव भने उनको एक दशकदेखि नै गर्दै आएका छन् ।
आफ्नो उत्पादन यति लोकप्रिय होला भनेर प्रशान्तले सोचेकै थिएनन्।
‘सुरू गरेको यति छोटो समयमा तीन गुणा उत्पादन बढाउन सफल हुन्छौँ भन्ने लागेको थिएन तर प्रयास भने निरन्तर नै थियो’ उनी भन्छन्, ‘हामीले उत्पादन गर्ने हरेक सामानहरुको क्वालिटिमा ध्यान दिन्छौँ त्यसैले पनि हाम्रो उत्पादनलाई मन पराउने धेरै हुनुहुन्छ।’
स्वादेशी उत्पादनलाई जोड दिएका कारण पनि आफुहरुले उत्पादन गर्ने गरेका हरेक वस्तुहरु गुणस्तरीय हुने उनी बताउछन्।
‘हामीले उत्पाउन गर्ने चिउरा, कर्नफ्लेक्स,ओट्स अदि सबैमा नेपाली धान, गहुँ, मकै अदिको नै प्रयोग गरेका छौँ’ उनी भन्छन्, ‘हामीसँग जुन स्वाद छ त्यो अरुले दिनै सक्नुहुन्न। हामीले सधै ग्राहाकको चाहनालाई बुझेर उत्पादनलाई जोड दिइरहेका हुन्छौँ।’
हाइलाइफ ब्रान्डमा ग्राहकले सबभन्दा बढी रूचाएको कर्नफ्लेक्स, चिउरा र ओट्स हो। कम्पनीले यी तीन उत्पादनमै सबभन्दा बढी कारोबार गरिरहेको छ। कम्पनीले सुरूमा कर्नफ्लेक्स र चिउरामा ब्रान्डिङ गर्न थालेको थियो।
बोरामा आएको धूलो चिउरा खाने उपभोक्ताले राम्रो प्याकेजिङ भएको गुणस्तरीय चिउरा पाउन थाले जसले गर्दा कम्पनीको व्यापार पनि बढ्यो।
कर्नफ्लेक्स उत्पादनका लागि हाइलाइफसँग चिनियाँ, भारतीय र युरोपेली प्रविधिका मेसिन भएको प्रशान्त बताउँछन्।
हाइलाइफले अहिले तीन प्रकारका कर्नफ्लेक्स उत्पादन गर्दै आएको छ। रातो, हरियो र गुलाबी रङले प्रकार छुट्याउँछ। यी सबैको अलग अलग विशेषता छ।
प्रशान्तका अनुसार रातो रङको कर्नफ्लेक्स ‘ओरिजिनल’ हो। यसमा चिनी राखिएको हुन्छ। हरियो रङको कर्नफ्लेक्समा चिनी राखिएको हुँदैन। गुलाबी रङकोमा चाहिँ फाइबर, भिटामिन राखिएको हुन्छ।
गुलाबी कर्नफ्लेक्स मधुमेहका बिरामीलाई र तौल घटाउन चाहनेलाई लक्षित गरेर उत्पादन गरिएको हो। बजारमा माग भने रातो कर्नफ्लेक्सको बढी छ।
हाइलाइफले बुटवल र भैरहवामा गरी तीनवटा उद्योग राखेको छ। हाइलाइफका उत्पादनहरु स्वदेशमा मात्र नभइ अन्तर्राष्ट्रिय बजारमा पनि माग बढेको छ।
प्रशान्तका अनुसार जापानका विभिन्न कम्पनीबाट चिउरा, कर्नफ्लेक्स र सोयाबिनको माग आउँछ। कम्पनीमा हाल करिब ५ सयको हाराहारीमा कामदार छन् ।
हाइलाइफलाई ब्रान्डका रूपमा चिनाउने प्रशान्तको रूचि भने खानाको व्यवसायमा थिएन। काठमाडौँमा हुर्केका प्रशान्त बाल्यकालदेखि नै प्रविधिमा रूचि राख्थे। आधुनिक प्रविधिको क्षेत्रमा केही काम गर्ने सोच थियो। उनले स्कुले जीवनमै सफ्टवेयर बनाएर बेचेका थिए।
उनले रोबोटिक्स एसोसिएसनमा केही समय काम पनि गरे। भारतको एउटा सफ्टवेयर कम्पनीमा छ महिना काम गरे तर त्यसलाई निरन्तरता दिन सकेनन्। परिवारको एक्लो सन्तान भएकाले उनी पारिवारिक व्यवसायतिर मोडिए।
त्यसपछि उनी नयाँ योजनाका साथ अघि बढ्ने सोचे र कम्पनीलाई हाइलाइफलाई ब्रान्डका रूपमा अघि सारे। थोरै परिमाणमा उत्पादन गर्दै प्रशान्त बजार धाउन थाले। ग्राहकको प्रतिक्रिया लिँदै सुझावअनुसार सुधार गर्दै अघि बढे।
उनका बुवा तुलसी घिमिरे खानेकुराका व्यवसायी थिए। बुबाले २०५८ सालमा कर्नफ्लेक्स उत्पादनका लागि भैरहवामा उद्योग स्थापना गरेका थिए। त्यस बेला ‘महिमा’ नामको ब्रान्ड थियो।
‘बुवाले भैरहवामा एउटा फ्याट्री खोल्नुभएको थियो। त्यहीँबाट दैनिक सय किलो कर्नफ्लेक्स उत्पादन हुन्थ्यो तर बजार थिएन’ प्रशान्त भन्छन्, ‘त्यो बेला नेपालमा कर्नफ्लेक्स उत्पादन गर्ने अरू कुनै उद्योग थिएन। त्यति बेला दालमोठमा मिसाउने कर्नफ्लेक्स पनि आयात हुन्थ्यो। त्यसपछि हामीले बिस्तारै दालमोठ उद्योगसँग काम गर्न थाल्यौँ।’
‘मानिसहरूलाई थाहा पनि थिएन, कर्नफ्लेक्स के हो, कसरी खाने।’
काठमाडौँ, पोखरा लगायत केही सहरमा कर्नफ्लेक्स पुग्थ्यो। उत्पादनको २० प्रतिशत जति मात्र प्याकेटमा बिक्री हुन्थ्यो।
कर्नफ्लेक्सबाट उत्पादन सुरु गरेको कम्पनीको आशा प्रशान्तका बुबाले मारिसकेका थिए।
‘यो व्यवसायमा बुबाले आशा मारिसक्नुभएको थियो। उहाँको चाहना थियो, छोरोले सम्हालोस्,’ उनी भन्छन्, ‘हामीलाई पनि लगानी गरेर डुब्ने पो हो कि भन्ने डर थियो। व्यवसायका लागि म झनै नयाँ थिएँ।’
त्यसपछि उनी नयाँ योजनाका साथ अघि बढ्ने सोचे र कम्पनीलाई हाइलाइफलाई ब्रान्डका रूपमा अघि सारे। थोरै परिमाणमा उत्पादन गर्दै प्रशान्त बजार धाउन थाले। ग्राहकको प्रतिक्रिया लिँदै सुझावअनुसार सुधार गर्दै अघि बढे।
‘बजार र चोकमा माइकिङ गरेर हामीले उत्पादन गरेका वस्तुहरु चखाउँदै प्रतिक्रिया लिएँ। धेरै कुरा सुधार्ने अवसर पनि पाएँ र त्यसबाट मैले ग्राहाकले के चाहान्छन् भन्ने कुरालाई नजिकबाट बुझ्न पाए।’
उनले यसरी नै पाँच महिना बिताए। बजारको प्रतिक्रिया राम्रो पाएपछि व्यावसायिक हिसाबले यात्रा अघि बढाए। यो मेहनतको नतिजा उनले अहिले पाएका छन्। उनले बजार विस्तारमा प्रविधिको खुबै उपयोग गरेका छन्। आफ्नो रूचिको क्षेत्रलाई हाइलाइफसँग जोडेर डिजिटल माध्यममा कम्पनी अघि बढाइरहेको उनले बताए।
कम्पनीले खानेकुरालाई ब्रेकफास्ट, स्न्याक्स, लगायत विभिन्न समूहमा वर्गीकरण गरेको छ। ब्रेकफास्ट अन्तर्गत कर्नफ्लेक्स, ओट्स, चोकोज, म्युस्ली, जाम लगायत छन्। स्न्याक्स अन्तर्गत चिउरा, सोयाबिन, केचप पर्छन्। किचन अन्तर्गत पास्ता, ग्रिन टी, आँटा, तेल, दालको पापड लगायत छन्।
उनी भन्छन्, ‘काम गर्न सक्छु भन्ने आत्मविश्वास आएकै डिजिटल माध्यमको विकासले हो। बजार प्रविधिमैत्री छ। सफ्टवेयरबाटै काम हुन्छ।’
बजारमा हाइलाइफको गुणस्तर सबैले रूचाएको प्रशान्त बताउछन्। उनी आफ्नो उत्पादनलाई अघि बढाउन दिनरात केही नभनि मेहेनत गर्छन्। कम्पनीमा आएका जुनसुकै समस्याहरुको समाधानका लागि उनी आफै लागी पर्छन्।
कम्पनीमा आएका साना साना समस्याहरुको हल गर्न म आफै लागिपर्छु जसले गरेर पनी कम्पनी राम्रोसँग चलेको हो कि जस्तो लाग्छ।’ उनी भन्छन्, ‘त्यति मात्र होइन हामीले ग्राहाकहरुले के र कस्तो परिकार चाहान्छन् भन्ने कुरालाई पहिलो प्राथमिक्तामा राखेमा छौं।’
कम्पनीले खानेकुरालाई ब्रेकफास्ट, स्न्याक्स, लगायत विभिन्न समूहमा वर्गीकरण गरेको छ। ब्रेकफास्ट अन्तर्गत कर्नफ्लेक्स, ओट्स, चोकोज, म्युस्ली, जाम लगायत छन्। स्न्याक्स अन्तर्गत चिउरा, सोयाबिन, केचप पर्छन्। किचन अन्तर्गत पास्ता, ग्रिन टी, आँटा, तेल, दालको पापड लगायत छन्।
साथै कम्पनीले दशैंको अवसर पारेर ३ केजी प्याकेजको चिउरा बजारमा ल्याएको उनले बताएका छन्।