प्रकाश र सृष्टी अभिनित ‘केशरी’ सार्वजनिक

काठमाडौँ – ब्लेक ब्रोज इन्टरटेनमेन्टको प्रस्तुतिमा गीत ‘केशरी केशरी’ सार्वजनिक भएको छ।

गीतमा गायक विष्णु भट्ट र नेपाल आइडल दोश्रो संस्करणको फाइनलिस्ट अस्मिता अधिकारीको आवाज रहेकाे छ भने शब्द विश्व गौडेलको रहेकाे छ।

विष्णु भट्टकै संगीत रहेको गीतको भिडियोमा प्रकाश सपुत र सृष्टी खड्काको अभिनय रहेको छ।

ठट्यौली प्रेमिल यस गीतको भिडियोलाई ऋषि राज आचार्यले निर्देशन तथा महेश्वर आचार्य,रितु आचार्य र राजेन्द्र खातीले सह-निर्देशन गरेका छ्न्।

भिडियाे:

असोज १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्