नेपालगञ्ज – नेपालगञ्ज क्षेत्र नं. २ को मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ । अन्य दुई क्षेत्रमा पनि उद्घाटन गरिँदैछ ।

नेपालगञ्जको रामलिला मैदान पूर्वमा रहेको पशु कार्यालय हाताभित्र रहेको भवनलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय बनाइएको छ ।

यहाँ जिल्ला न्यायाधीश धनसिंह महरालाई मुख्य निर्वाचन अधिकृत खटाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटनमा प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, चार वटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

बाँकेमा तीन वटा निर्वाचन क्षेत्र रहेको छ । मंसिर ४ गते हुने चुनाव लक्षित गतिविधि बढ्दै गएको छ । फिक्स भएका उम्मेदवारले घरदैलो शुरु गरिसकेका छन् भने नाम सिफारिस भएकाहरु टिकटका लागि दौडधुप गरिरहेका छन्

असोज १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्