काभ्रेको खानीखोलामा बोलेरो दुर्घटना: एकको मृत्यु, चार घाइते

सांकेतिक तस्बिर।

बनेपा – काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिका- १ मा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

डाँडागाउँबाट बनेपातर्फ आउँदै गरेको बा५ख ४११७ नम्बरको बोलेरो खानीखोला गाउँपालिका- १ र बेथानचोक गाउँपालिका – ६ को सिमाना गैरीभञ्ज्याङमा आज बिहान दुर्घटना हुँदा चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभे्रपलाञ्चोकका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेका अनुसार मृत्यु हुनेमा खानीखोला गाउँपालिका- ४ का २५ वर्षीय दिपेश जिम्बा रहेका छन् ।

जिम्बाको शव परीक्षणको लागि धुलिखेल अस्पतालमा राखिएको छ । सो घटनामा परी घाइते भएका चार जनामध्ये दुई जनाको धुलिखेल अस्पताल धुलिखेलमा र दुई जनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये धुलिखेल अस्पतालमा उपचार भइरहेको एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले गाउँबाट दसैँको लागि खसीबोका बेच्न ल्याउने क्रममा गाडी दुर्घटनामा परेको बताए ।

असोज १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्