नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको ५ सय ९१ पिसिआर परीक्षणका क्रममा १७ जना र ७ सय ४१ एन्टिजेन परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु भएको छैन। त्यस्तै, थप ९६ संक्रमित कोरोनामुक्त भएका छन्।

हाल नेपालमा ९ सय २५ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

असोज १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्