रुसले आफूमा गाभेको डोनेट्स्कको लिमन बजार युक्रेनी सेनाको नियन्त्रणमा

रुसले आफूमा भागेको युक्रेनको डोनेट्स्कको लिमनमा रुसी सैनिक पराजित भएका छन् । युक्रेनी सैनिक डोनेट्स्कको लिमनबाट रुसी सैनिकलाई हटाउन सफल भएका हुन् ।

लिमनमबाट आफ्ना सैनिक पछि हटेको रुसीले पनि स्वीकार गरेको छ । रुसको रक्षा मन्त्रालयका प्रवक्ताले युक्रेनी सैनिकले ठूलो क्षति बेहोरे पनि उनीहरुको आकार ठूलो रहेकाले आफ्ना सैनिक पछि हटेको स्वीकार गरेका हुन् ।

शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले डोनेट्स्कसहितका चार क्षेत्र युक्रेनबाट छुट्याएर रुसमा गाभिएको घोषणा गरेपछि युक्रेनी सेनाले जित हाँसिल गरेको लिमन पहिलो बजार बनेको छ । लिमनमा २०० सय भन्दा बढी युक्रेनी सैनिक मारिएको दाबी रुसले गरेको छ।

असोज १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्