बाल्यकालकाे त्याे दसैँ…!

‘आयु द्रोण सुते श्रीयं दशरथे सत्रुस्च याम ।।। राघवे,
ऐश्वोर्य नहुशे गतिस्च पवाने मनंच दुर्योधने,
दानवा सूर्य सुते बलम हलधरे सत्यम्च कुन्ती सुते
बिज्ञाने बिदुरे भवति भवताम किर्तिस्च नारायणे’
सुन्दा पनि आनन्द हुन्छ,
आज दसैँको छैटोँ दिन (सस्टि) आजसम्म अफिस, कार्यलय, स्कूल, कोलेज सबैतिर दसैँको रनकले छोइ सकेको छ । तर पनि सबैको मुखार बिन्दुबाट एउटै अवाज शब्द निस्कने गर्छ सुन्नमा आउँछ पैले जस्तो दसैँको महत्व महिमा हुनै छाड्याे, आखिर किन यस्तो साच्चै नै हो त रमाइलो कम रमाइलो भएको? सातौँदिन फूलपाती वा महासप्तमी भनिन्छ ।
आजको दिन सम्पूर्ण हिन्दु धर्मावलम्वीहरूले आफूले राखेको जमरा घरमा बेलपत्र, धानको गाभा, अनार, अदुवाको बोट, उखुँ, केरा आदि कच्चु नौ प्रकारका पल्ला गोरखा दरबारको दसैँ घरबाट ल्याएको फूलपाती काठमाडौँ टुडिखेलमा ल्याइ बढाइ गर्दै हनुमानढोका दरबारमा भित्र्याइन्छ । यसै समयमा सबै नेपालीले फूलपाती भित्रयाउने प्रचलन पुस्तादेखि यथावत् कायम छ ।
बुढापाकाका अनुसार सप्तमीका दिन फूलपाती स्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, अशोक, जयन्ती र वेल ९ वटाका दरले जमराघरमा राखिन्छ । यसो गर्दा रोग कम हुने घर भित्रका किरा फट्याङ्ग्रा र विशालु किटाणुहरू नलाग्ने भनाइ छ । नौरथा भर रक्त चण्डिका, कालिका, शोकहारिणी, कार्तिकी, व्रह्मायणी, लक्ष्मी, दुर्गा, चामुण्डा आदि देवीहरूलाई पुजिन्छ ।
सातौँ दिन फूलपातीको दिन भगवान रामले रावण माथि विजय प्राप्त गरेकाले यो दिनलाई विजय उत्सवको रूपमा मनाउने गरिएको किंवदन्ती छ । भनिन्छ, दसैँमा मजिठोको अथवा अविरको रातो रङ्गमा गाईको दहीले रंगाएको रातो अक्षता आफूभन्दा ठूला व्यक्तिबाट थापेको टिकाले मन मस्तिष्क एवम् विचारलाई शुद्ध चेतनायुक्त बनाउँछ भन्ने कथन छ ।
जुन एउटा हर्ष उल्लास उत्साह र महत्व थियो । दसैँको सभ्य समाज आधुनिकीकरण, शहरीकरण, उसको नक्कल गर्ने आदि इत्यादि कारणले सानादेखि ठूलासम्म दसैँको रनक घट्दो छ । पहिला ठूलो परिवार हन्थ्यो, आयश्रोत कम हुन्थ्यो मिठो मसिनो राम्रा गरगहना र लत्ता कपडा सरसामान जुटाउन चाडवाड कुर्नुपर्दथ्यो । आफ्नो भएको अन्नवाली, पशुपन्छी हाँस, कुखुरा ,परेवा खसी बोका रागा बेचेर वा नहुनेले सरसापट गरेर पनि चाडवाड उत्साहले मनाउने प्रचलन थियो ।
तर आज सानो परिवार छ । घरका कोही न कोही सदस्य विदेशमा छन् । सबै कुनै नकुनै बन्द व्यापारमा लाग्ने, राम्रो लगाउन मीठो खान चाडवाड कुर्नु नपर्ने समय आएको छ । अहिलेको नयाँ पुस्तालाई अभिभावकले सानैदेखि सबै आवश्यकता पुर्याइदिएकै हुन्छन् । सानो परिवार हुन्छ । आफू दु:ख पसिना गरेरपनि कुनै समस्या दिन चाहदैनन् आजका बाबु आमा, त्यो कारणले पनि बच्चाहरूमा चाडवाडमा त्यति नरमाउने, ग्याजेट्स, माेबाइल ल्यापटप, कार्टुन जस्ता कुरामा झुम्मिने देखिन्छ ।
नेपालीलाई धैर्य गर्ने शक्ति क्षमता भने पक्कै पाएकै हुन् । राष्ट्र बैंकमा नयाँ नोट साट्नलाई लाइन, हुँदा-हुँदा पैसा तिरेर खाजा खान पनि लाइन । उठेर खानपर्ने त्यो पनि त्यसमा पनि २५ (५०को लाईन, त्यो झंझट लागेर ओटुमा भेज म.म. खान जाँदा त्यहाँ पनि लाइन, हस्पिटलमा लाइन, हलमा लाइन, भाटभटेनीलगायत सपिङ्ग सेन्टरमा सामान किनिसके पछि पैसा तिर्न लाइन । तर चाडवाडको बेला मठ मन्दिरमा दर्शनार्थीको भिडभाड भने कम हाम्रो समाज कतातिर गइरहेको छ ।
भनिन्छ समय गतिशील छ । समय कसैको अधिन र वसमा हुँदैन हिन्दुहरूको महान चाड महत्व पहिला र अहिले वाल्यपनको दशैं अव सम्झना मात्र सिमित सुन्दिने कोही भए त्यो क्षण सुनाउँदा पनि आनन्द लाग्ने-यस्तो हुन्थ्यो पहिला (मेरो भोगाई यस्तो थियो, भरखर भरखर सोह्रश्राद्ध सकिएको, बैला पतेलामा वारिको डिलमा वरेला, काक्रा, घिरम्ला, टाटेसिमि,करेला तरकारी लटरम्म फलेको, खेतमा धान नुहेको, दसैँ खर्च जुहाडको लागि खसी, बोका, अन्नबाली, धान बिक्री गर्ने, नोकरी हुनेको त छदै छ ।
विदेशमा हुने घर आउने । टाढा टाढाबाट कमेरो ल्याएर घर लिपपोत सरसफाई गर्दा छुट्टै आनन्द आउने, महिला दिदीबहिनी, आमा, भाउजु बेलुका अवेरसम्म चिउरा कुट्न धान भिजाउने र बिहानै ४ बजे २ घण्टाको बाटो हिँडेर,मोटर बाटो थिएन यातायात सुविधा थिएन ।
मिलमा १ दिनसम्म लाम लागेर त्यो लामो दुःख अनि प्रतिक्षा पछि प्राप्त चिउराको स्वादै बेग्लै हुन्थ्यो । तोरीको तेल पेल्न गाउ भरिका काकी, आमा दिदीबैहिनीलाई कस्तो जागर र २-४ दिनदेखि सरसल्लाह कति दु:ख खेप्नुपर्दा पनि छुटै अन्नन्द दु:खको अनुभूतिको कतै छन्दै पाइँदैन थियो । दही चिउरानै खान दसैँ कुर्नुपर्ने सबैको घरमा विशेष सत्कार दही चिउरा र काक्रोको अचार हुन्थ्यो ।
अहिले जस्तो कोक, फ्यान्टा, जुस, अन्ने भेराइटी परिकार हुँदैन्थ्याे । देवी देवताको मन्दिर केही दिन अगाडिदेखि नै लिपपोत र श्रीङ्गार्ने चलन, घर लिप्न टाढा-टाढादेखी रातो माटो कमेरोले घर लिपपोत गर्दा गाउको घर घरमा दसैँको राैनक छाउथ्यो । घरेलु चङ्गा लट्टाइमा छुट्टै आनन्द, चङ्गा आफूभन्दा ठूलाले घरमै बनाउँदै सानासँग रमाउने, किशानहरूलाई मध्य मंसिर धान भित्र्याउने चटारो ।
व्यस्त समयका बाबजुत पनि छुट्टै किसिमको आनन्द, दिनभरी मेला पातामा दसैँकै कुराले दिन गएको पत्तै हुँदैनथ्यो । स्कूल १ हप्ता अगाडिदेखि नलाग्ने, बाहिरका साथी र टिचरहरू घर जाने अनेक बहाना गरी स्कूल नजाने । कपडा किन्न एकैदिनमा सकिने हुँदा पनि लालमन र रसवरी खानको लागि केही न केही अर्को दिनको लागि थाँती राख्ने त्यो वेला खाने परिकार पनि होटलमा लाल्मोन, रसबरी जुलेबी यिनै हुन् ।
अहिले जस्तो रेष्टुरा, म.म., पज्जा, वरगर, चाउमिन, डोसा कहाँ पाइथ्यो र? पिङ्गको मज्जा र महत्व त अझ बेग्लै छ । हप्ता अगाडीबाट घर-घरमा लठारो किन्न चन्दा उठाउँदै हिड्याे पैसा दिन सबैलाई गारो । पैसा उठाएपछि पिङ्ग हाल्यो पिङ्मा बिहानबाट बिलुकी सम्म भीड लाक्थ्यो । सबै साथीभाइसँग यही भेटघाट हुने । गाउँभरिका आफू साथीसङ्गीको कपडा कस्तो किन्य? के किन्यो? भन्ने कौतुहलता हुने । घरमा दमाई बोलाएर कपडा सिलाउने । त्यसमा पनि प्रायः स्कूल युनिफम नै सिलाउने चलन थियो ।
वल्लो घर पल्लो घर दाजु भाईमा हप्तौँदेखि खसी कहाँ किन्ने, तराईको यस्तो, पहाडी यस्तो, च्याङग्रा यस्तो कहिले जाने कहिले ल्याउने भन्ने चर्चा परिचर्चा भइरहन्थ्यो । लुकि-लुकि तास खेल्नुको मजा नै बेग्लै, बिहान घर नजिकैको मन्दिरमा पूजा गर्न गयो । प्रसाद खाने लोभले लंगुरवुर्जा थाप्यो । सुका मोहरको पनि ठूलो महत्व हुन्थ्यो । जितेको पैसाले सबैभन्दा ठूलो इच्छा रहर घडि किन्नुहुन्थ्यो । फूलपातिको दिन हात हतियारको पूजा देवीको आराधना गर्नु र दिउँसो बडाइ हुँदा फूलपाती भित्र्याउनु अष्टमिको दिन डेक्चीमापानी तताउनु, साहाकारी हुँदा हुँदै पनि खसीको भुडी पखाल्न पधेरा कुवातिर अग्रजको पछि लाग्नु । दिनभरी ओल्लो घर र पल्लो घर चहार्नु । टीकाको दिन नयाँ लुगा लगाएर टीका मान्यजनसँग टीका थप्न धेरै प्रतिक्ष्या गर्नुपर्ने रोल क्रमले धेरै आफन्तसँग रातो टीका, पहयालो जमरा लगाउदाको त्यो छण अब मात्र सम्झना, आफन्तकोमा टीका थाप्न जाने र टाढा टाढासम्मको इष्टमित्र, नातागोता, कुटुम्वकोमा आफूभन्दा मान्यजनसँग आसिक लिनुपर्छ भन्ने चलन थियो ।
पैसाको धेरै महत्व हुने हुँदा कस्ले कति दियो । सुका मोहरको पनि कति जम्मा भयो । साथी साथीमा कस्को बढी भयो । जम्मा भयको पैसाले बल भकुण्डो किन्दा मनै चङ्गा झैँ रमाउ थियो । चङ्गा उडाउनुको मजै बेग्लै हुन्थियो । प्लास्टिककको चङ्गा घरमै बनाएको धानको पातको पुछर लट्ठीको लट्टाइ, टाडा टाडासम्म हिँडेर जानुपर्थ्यो । सपरिवार हिँडेर आफन्तकाेमा जाँदाकोको महत्वो नै बेग्लै लाग्थ्यो ।
अबको दसैँ चाडबाडको महिमा घट्दै छ । मानिसको दिनचर्या अस्तव्यस्त छ । छोटकरी छ । सबै आफू-आफू मै ब्यस्त । आफूभन्दा मान्यजनसम्म पुग्न नचाहने आफ्नो परिवारभित्र मात्र सिमित हुने । लत्ताकपडा खाने परिकार सुख सयल सबै भरीपूर्ण छ । यी सबैका लागि चाडबाड कुर्नुनै पर्दैन तेसैले बढ्दो आधुनिकीकरण, अस्तव्यस्त समाज, शहरीकरण, देखावटी र भट्किलो बजार, सामाजिक प्रतिस्पर्धा र देखासिकी, आफन्त आफन्तबीचमा इष्या, मुटाब घमण्डको भावनाले, सानो परिवार, समयको आवश्यकता भन्दै आफ्नो धर्म, संस्कृति र दसैँको महत्व पहिलाको तुलनामा कम हुँदै गएको, पुरानो पुस्ता सकिँदै जाने र नयाँ पुस्ताले आफ्नो धर्म, संस्कृति चाडवाडमा त्यति महत्व नदिने, एकल काटे स्वाभाव देखिने । धुम धुम्ती कोठामा एकलै-एकलै बस्ने । एक अर्को प्रतिको माया मोह इजत सम्मान सबै हराउने हुँदा आफ्नो परम्परा, सस्कृति चाडबाड नै मासिने डर तर आधुनिकतातिर मोडिने खतरा देखिन्छ ।
बेलैमा हामी सबै यसकाे पालना र जगेर्ना गर्न लाग्नुपर्ने देखिन्छ । टीका थाप्दा (जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शीबा धात्री स्वाहा स्वधा नमोऽस्तु ते
जय त्वं देवि चामुण्डे जय भूतापहारिणि ।
जय सर्वगते देवि कालरात्रि नमोऽस्तु ते ।।।।)
दुर्गा माता दाहिने हुन चिताएको सबै पुगोस ।।। खुसी छाओस् सुन्न मुस्किल पर्न थाल्यो