खुकुरी प्रहार गरी आफ्नै आमा र काकाको हत्या

सांकेतिक तस्बिर।

झापा – झापाका एक पुरुषले आफ्नै आमा र काकाको हत्या गरेका छन् ।

जिल्लाकाे कमल गाउँपालिका- २ मिलन चोकका २० वर्षीय चन्द्र माझीले आफ्ना आमा ५० वर्षीय चन्द्रकला माझी र काका ५० वर्षीय सन्तबहादुर माझीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनले शनिबार बेला करिब साढे १० बजेको समयमा खुकुरी प्रहार गरी उनकै आमा र काकाको हत्या गरेको प्रहरीले जनाएको छ ।

आमा र काकाको हत्या गर्ने माझीलाई खुकुरीसहित इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

असोज १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्