जीपको ठक्करबाट युवकको मृत्यु

सांकेतिक तस्बिर।

काठमाडौँ – काठमाडौँको बालकुमारीमा जीपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा अन्दाजी २८ वर्षीय युवक रहेका छन् । उनकाे अझै सनाखत हुन सकेकाे छैन ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा मृत्यु भएको हाे ।

हिजो बेलुका करिब सवा ८ बजे पैदल हिँडिरहेका उनलाई बा१झ ८१७ नम्बरको जीपले ठक्कर दिएको थियो ।

घटनापछि फरार भएका जीप चालकको खोजी भइरहेको प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ ।

असोज १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्