निःशुल्क स्वास्थ्य शिविरमा ५ सय २१ जना लाभान्वित

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका- १७ परसपुरमा आयोजना गरिएको निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा ५ सय २१ जना लाभान्वित भएका छन् ।

स्थानीय राम गोपाल इमी स्कूल परिसरमा शनिबार अबेरसम्म सञ्चालन गरिएको उक्त शिविरबाट स्थानीय ग्रामीण समुदायका सर्वसाधारण स्वास्थ्य परीक्षण र उपचार सेवाबाट लाभान्वित भएका हुन् ।

ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रको आयोजनामा सम्पन्न उक्त शिविरमा जनरल स्वास्थ्यतर्फ ३०६ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा महिला १६३ जना र पुरुष १४३ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।

त्यसैगरी, आँखा स्वास्थ्यतर्फ २१५ जनाको परीक्षण गरिएको थियो । सो मध्ये महिला १२३ जना र ९२ जना पुरुषले आँखा परीक्षण गराएर औषधिसमेत निःशुल्क प्राप्त गरेका थिए ।

उक्त शिविरमा सबभन्दा बढी उमेर ८५ वर्षका पुरुष र ८० वर्षकी महिलाले तथा सबभन्दा कम उमेर ३ महिनाकी बालिकाले स्वास्थ्य परीक्षण र आँखा परीक्षण गराएका थिए ।

राम गोपाल इमी स्कूलका संस्थापक राम गोपाल वर्माको आँखा परीक्षण गरी शिविरको शुभारम्भ गरिएको थियो । उल्लेखन छ ।

उक्त स्कूलका संस्थापक वर्माले स्कूलका लागि आफ्नै १३ कठ्ठा जमिनमा करीब तीन करोडको निजी खर्चमा स्कुल भवन निर्माण गरिएको छ ।

करिब ३०० जना विद्यार्थी रहेको उक्त स्कुलका गरीब तथा जेहेन्दार विद्यालयका लागि २५ प्रतिशत छात्रवृत्ति प्रदान गरिएको छ ।

असोज १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्