चाडपर्वमा घर जान नपाउने फौजीको पीडा बाेकेकाे गीत ‘लाहुर’ सार्वजनिक

काठमाडौँ – चाडपर्वमा घर जान नपाउने फौजीको पीडा समेटिएकाे गीत ‘लाहुर’ सार्वजनिक भएको छ ।

समाजको वास्तविकता बाेल्ने ‘लाहुर’लाई गायक पुष्पन प्रधानले दसैँ तिहारको अवसर पारेर सार्वजनिक गरेका हुन् ।

गीतले खासगरी दसैँ र तिहार जस्ता चाडमा परिवारसँग भेट्न नपाउँदाको पीडालाई स्वर दिएको छ । यो गीतले लाहुर गएको श्रीमान् र उसलाई कुरिरहेकी श्रीमतीको भाव र माया भनेको छ ।

कमजोर आर्थिक अवस्थाका कारण लाहुर जान वाध्य नेपाली कसरी चाडबाडमा पनि घर आउन पाउँदैनन् भन्ने यथार्थलाई गीतले फरक तरिकाले प्रस्तुत गरेको छ ।

परिवारको आग्रह र घर फर्किने आफ्नै चाह हुँदाहुँदै पनि परिबन्धमा परेर मन बाँधेर बस्नु पर्ने परदेशिएका नेपालीको कथालाई गीतले दुरुस्त उतारेको छ ।

संगीत तयार गरेका सुशान्त गौतमले कोरसको प्रयोगमार्फत एउटै गीतबाट फौजी र परिवारको कथा बयान गराएका छन् । उनले शब्द भने अनिल शर्माको सहयोगमा तयार गरेका छन् ।

हरि हुमागाईंले निर्देशन गरेको म्युजिक भिडियोले गीतको कथालाई न्याय गरेको छ । यसपटक पनि उनले भिडियोमा एउटा सिंगो कथा बुनेका छन् । जहाँ, थुप्रै संवाद पनि समावेश छ । भिडियोमा उत्तम हुमागाँइको छायांकन, हरिकै सम्पादन छ । भिडियोमा पुष्पन प्रधानको कन्सेप्ट डिजाइन रहेको छ ।

भिडियोमा प्रकाश सपुत, रेश्मा घिमिरे, राजेन्द्र हुमागाईं, गोकुल हुमागाईं, सायना हुमागाईंलगायतको अभिनय छ ।

भिडियाे:

 

असोज १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्