देउवा र खाँड पत्नीको नाम समानुपातिक सूचीबाट पछि सारियो

प्रधानमन्त्री देउवा पत्नी आरजु राणा (बायाँ), गृहमन्त्री बालकृष्ण खाँड पत्नी मञ्जु

काडमाडौँ – प्रधानमन्त्री र गृहमन्त्री पत्नीको नाम नेपाली कांग्रेसले प्रतिनिधिसभा समानुपातिकतर्फको सूचीबाट पछि सारेको छ।

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणको नाम समानुपातिकको सूचीबाट पछि सारेको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए।

यसअघि कांग्रेसले आयोगमा पेश गरेको बन्दसूचीमा आरजुको नाम आठौँ र मञ्जुको नाम नवौँ नम्बरमा थियो।

समानुपातिकको सूचीलाई अन्तिम रुप दिन बसेको कांग्रेस नेताहरुको बैठकले आरजु र मञ्जुको नाम पहिलेको स्थानभन्दा पछि सारेको संस्थापन पक्षका एक नेताले दाबी गरेका छन्।

निर्वाचन आयोगमा बुझाइएको समानुपातिकको बन्दसूची सच्याउने आज आइतबार अन्तिम दिन हो ।

सूचीमा रहेका कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन वा सच्याउन चाहेमा असोज १७ गतेको मिति तोकेको थियो।

 

असोज १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्