लिमीको तुम्लिङ र ताक्चीमा झोलुंगे पुल निर्माण सुरु

सिमकोट – अत्यावश्यक तर हालसम्म बन्न नसकेको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीको तुम्लिङ र टाक्चीमा नयाँ झोलुंगे पुुल निर्माण सुुरु भएको छ। लिमीवासीले तीस वर्षदेखि माग गरे पनि लिमी कर्णालीमा पुल निर्माण सुरु भएको हो।

ती स्थलमा पुल नहुँदा लिमीवासीका साथै लिमी जाने जो–कोहीलाई आउजाउ गर्न असजिलो भएका बेला पुुल निर्माण सुुरु भएको हो।

लिमीका वडाध्यक्ष पाल्जोर तामाङका अनुुसार झोलुंगे पुुलको अत्यावश्यक रहेको तुम्लिङ र ताक्चीमा माग गरेको ३० वर्षपछि यसै आर्थिक वर्षभित्र पुुल निर्माण सम्पन्न हुने गरी काम सुरु भएकामा खुसी व्यक्त गरे।

पुुल नहुुँदा लिमीवासीलाई बर्खा र हिउँदको समयमा आउजाउ गर्न निकै असजिलो हुने गथ्र्यो। धेरै पहिलेबाट पुल निर्माणका लागि माग गरिए पनि कतै सुनुवाइ नभएका बेला यसपटक भने संघीय सरकारअन्तर्गतको झोलुंगे पुुल कार्यक्रमबाट उक्त पुल बन्न लागेको हो।

पुुल निर्माणपश्चात् लिमी तथा लाप्चा जान सहज हुनेछ। पुल नभएका कारण मानिसहरू नदीमा पानी कम भएपछि तर्ने वा ठूला ट्रकमा यात्रा गर्छन्। पुल नहुँदा लिमीका स्थानीय धेरै पशुुवस्तुरु नदीले बगाएको थियो।

केही समयअघि कार्यक्रमका इन्जिनियरको टोली तुमिल्ङ र ताक्ची पुुलेर पुुलको ले आउट गर्ने कार्य गरेको थियो। दुुवै पुल निर्माणको जिम्मा पाएको कङ्ग्री निर्माण सेवाले दुुवै पुुलको प्राविधिकद्वारा लेआउट गर्ने काम भएपछि कार्यक्रमसँग सम्झौता भएर पुुलको फाउन्डेसन निर्माण सुुरु भएको जनाएको छ। तर, काम गर्दै गर्दा हिमपात भएपछि रोकिएको थियो।

निर्माण कम्पनीले मौसमले साथ दिएर आगामी मंसिरसम्म धेरै काम अगाडि बढाउने र पुुल निर्माण भने असारसम्म सम्पन्न गर्ने जनाएको छ।

हिउँदमा हिमपात भएपछि काम गर्न सम्भव छैन। पुलको स्टिल पार्टका सामान र सिमेन्ट बाहिरबाट ढुवानी गरेर लिनुपर्ने हुन्छ। ती पुुल निर्माणका लागि कम्पनीसँग कार्यक्रमले तीन करोड लागतमा सम्झौता गरेको छ।

असोज १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्