दसैँमा झलमल जनकपुरधामको शक्तिपीठ (फोटो फिचर)

जनकपुरधाम – जनकपुरधामका शक्तिपीठलाई झलमल्ल बनाइएको छ । देशभर दसैँको मनाइए पनि जनकपुरधाममा भने अन्य ठाउँको तुल्नामा झकिझकाउ रहने गरेको छ । यहाँ दसैँका लागि हप्तौँ पहिलादेखि तयारी गरिने गरिन्छ ।

दसैँ सुरु भएपछि राजा जनकको कुलदेवीको रुपमा चिनिने राजदेवी मन्दिरसहित विभिन्न शक्तिपीठहरुमा श्रद्धालुभक्तजनको घुँइचो लागेको छ । राजदेवी मन्दिरसहित, जनकपुरधामको विभिन्न चौकमा बनाइएको दुर्गाको प्रतिमामा पूजापाठ तथा दर्शन गर्नका लागि बिहान देखि रातीसम्म श्रद्धालुभक्तजनको भिड लागने गरेको हो ।

जनकपुरधाममा रामानन्द चौक, मुर्ली चौक, भ्रमरपुरा चौक, पिडडीया माईस्थानलगायत स्थानमा दुर्गाको प्रतिमा स्थापना गरी रंगीचंगी बल्व, पण्डालको प्रयोग गरिएको छ। राजा जनकको कुल देवताको रूपमा रहेको राजदेवी मन्दिर भने झन् आकर्षणको केन्द्र बनेका छ।

राजदेवी मन्दिरमा भने अष्टमीको राति बलिप्रदान भएपछि श्रद्धालु भक्तजनको संख्यामा प्रत्येक वर्ष कमी आउने गरेको छ ।

असोज १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्