शेखर समूहको दवावपछि झुके देउवा

फाइल फोटो।

काठमाडौँ – समानुपातिक तर्फको शंसोधित सुची बुझाउने अन्तिम समयमा नेपाली काग्रेसका सस्थापन तथा प्रधानमन्त्री शेरबहादुर देउवाले शेखर कोइराला समूहको चित्त बुझ्ने गरि नामलाई प्राथमिकता दिएका छन्।

पहिला बुझाएको सूचीमा महिला तर्फ एक नम्बरमा रहेकी प्रधानमन्त्री पत्नी आरजु देउवा अब तीन नम्बरमा र दुई नम्बरमा रहेकी गृहमन्त्री बालकृस्ण खाँण पत्नी मन्जु खाणँ अब ६ नम्बरमा पुगेकी छ्न्। अम्बिका बस्नेत पहिलो र सरिता प्रसाइँ दोस्रो स्थानमा छ्न्।

मधेसी सूचीमा पूर्वराष्ट्रपति रामवरण यादव पुत्र चन्द्र मोहन यादव प्राथमिकतामा परेका छ्न्। पहिलोमा बिमलेन्द्र निधि, दोस्रोमा ब्यापारी अनिल रुङ्गटा र तेस्रोमा डा चन्द्र मोदन यादवको नाम परेको छ।

कांग्रेस पार्टी स्रोतको अनुसार ११० नाममा शेखर समुहलाई करिब २५ दिइए पनि ४० प्रतिशतले जित्ने अनुमानको साथ १२ जनालाई प्राथमिकतामा राखिएको छ।

असोज १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्