प्रथम यार्सा सिल्ड खुला भलिबल प्रतियोगिता हुने

सिमकोट – प्रथम यार्सा सिल्ड खुला भलिबल प्रतियोगिता हुने भएको छ। बडादसैँ २०७९ को अवसरमा अदानचुली गाउँपालिकामा सो प्रतियोगिता हुन लागेको हो।

यार्सा युवा क्लब अदानचुुलीको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो। उक्त प्रतियोगिता खुला भएका कारण जिल्लाभरिका खेलाडीले सहभागिता जनाउन पाउने क्लबका सदस्य नवराज बुढाले जानकराी दिए।

प्रतियोगिता असोज २१ गतेबाट अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरमा हुनेछ। प्रतियोगिताका लागि भाग लिन चाहने टिमले असोज २० गतेसम्म १० हजार टिम दर्ता शुल्क तिरेर दर्ता हुन पाउनेछन्।

प्रतियोगिताका विजेता टिम क्रमशः पहिलो, दोस्रो र तेस्रोले सत्तरी, चालीस र तीस हजार नगदका साथै सिल्ड, मेडल प्रमाणपत्र प्राप्त गर्नेछन्। पछिल्लो समय जिल्लास्तरका खेल गतिविधि ग्रामीण स्तरमा सञ्चालन हुन थालेका छन्।

असोज १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्