५ किलो मासुबाट सुरु भएको तासका लागि प्रख्यात ‘भेटघाट रेष्टुरेन्ट’

काठमाडौँ – कसैले आफ्नो रहरले व्यवसाय चलाएका हुन्छन् त काेही बाध्यताले। रहरले व्यवसाय संचालन गर्नेहरु सफल भएका उदाहरण त हामीले थुप्रै सुनेका छौँ तर कतिपय यस्ता व्यक्तिहरु पनि हुन्छन् जो बाध्यताले व्यवसाय सुरु गर्छन् अनि त्यही व्यवसायबाट सफल हुन्छन्।

यसकै एक उदाहरण हो भेटघाट रेष्टुरेन्ट।

भेटघाट रेष्टुरेन्ट चितवनबाट सुरु भएको हो तर अहिले यसको छुट्टै ब्राण्ड बनेको छ। घरमा बालबच्चालाई के खुवाउँ भनेर सोच्दा सोच्दै संचालनमा आएको हो भेटघाट रेष्टुरेन्ट जुन तासका लागि प्रख्यात छ। २०४४ वैशाख १६ गतेबाट ‘भेटघाट’ व्यवसायिक रुपमा चितवनमा संचालनमा आयो। यद्यपि त्यसको करिब १/२ वर्ष अघिबाट नै भेटघाटले चितवनमा आफ्नो सेवा दिँदै आइरहेको थियो।

भेटघाटलाई आफ्नो छुट्टै स्वाद बनाउँन नै कम्तिमा १ वर्ष लाग्यो। जतिबेला भेटघाट संचालनमा आयो त्यतिबेला चितवनमा अन्य थुप्रै होटल तथा रेष्टुरेन्टहरु संचालनमा थिय। जसमा विभिन्न थरिमा परिकारहरु पाइन्थो।

नारायणघाटको थुप्रै होटलको भीडमा तासका लागि ब्रान्ड नै बनेको छ भेटघाट। तास र यो रेस्टुराँका जन्मदाता हुन् गोविन्द तिवारी। उनले ख्यालख्यालमै राखेको नाम नै अहिले धेरैको रोजाइ बन्दै ब्राण्ड नै बनेको छ।

नारायणघाटमा थुप्रै होटल थिए। नयाँ थप गर्नु चुनौतीपूर्ण थियो। गोविन्दले फरक स्वाद खोजे। कसैले नबनाएको परिकारको परिकल्पना गरी मासुको परिकार तास बनाए। उनकै परिकल्पनाको खाजा लोकप्रिय बनेको छ।  उनले नारायणघाटको शहीद चोकमा भेटघाट रेष्टुराँमा विगत ३५ वर्षदेखि चलाउँदै आएका छन्। ग्राहकको भीड अहिले पनि उत्तिकै रहने गरेको छ।

किराना पसलमा उनले धेरै प्रकारका मसला बेचेका थिए। तिनै मसलालाई आफ्नो ‘रेसिपी’ बनाउने निर्णय गरे। धेरै खाले मसला मिसाएर नयाँ स्वाद खोज्न थालेँ। मसला बनाउँदै, चाख्दै, साथीभाइलाई चखाउँदै परीक्षण गर्नतिर लागे। अन्तत तिवारीले लामो समयपछिको मेहेनतले आफ्नो स्वाद पाइछाडे। त्यसपछि सुरु भयो भेटघाटको व्यवसायिक यात्रा।

भेटघाट संचालन गर्नुपूर्व उनीहरुको सानो किराना पसल थियो। सोही किराना पसलबाट कमाएको पैसाले जेनतेन घर चल्दै आएको थियो। किराना पसलबाट सधै घर नचल्ने अवस्था देखेपछि गोविन्दप्रसाद तिवारीले उनकी श्रीमतीको अनुरोधमा होटल खोल्ने निर्णय गरेका हुन्। निर्णय गरे पनि उनीसँग होटलको बारेमा कुनै अनुभव थिएन। केही नयाँ नगरेसम्म चितवनका त्यतिमका धेरै होटल तथगा रेष्टुरेन्टहरुसँग प्रतिस्पर्धा गर्न सक्ने कुनै आधार नै थिएन। तिनले दिनेभन्दा भिन्न परिकार र स्वाद खोज्दा खोज्दै भेटघाटलाई करिब १ वर्ष लाग्यो।

किराना पसलमा उनले धेरै प्रकारका मसला बेचेका थिए। तिनै मसलालाई आफ्नो ‘रेसिपी’ बनाउने निर्णय गरे। धेरै खाले मसला मिसाएर नयाँ स्वाद खोज्न थालेँ। मसला बनाउँदै, चाख्दै, साथीभाइलाई चखाउँदै परीक्षण गर्नतिर लागे। अन्तत तिवारीले लामो समयपछिको मेहेनतले आफ्नो स्वाद पाइछाडे। त्यसपछि सुरु भयो भेटघाटको व्यवसायिक यात्रा।

विशेष प्रकारले बनाइएको मासु, भुजा, अचार र सलादको खाजा सेट– तास सबैको रोजाइ बन्दै गयो। पहिलो दिन पाँच किलो खसीको मासुको तास पाक्यो।

 

सुरुका दिनमा उनकी श्रीमती पवित्रादेवीले काउन्टर सम्हाल्थिन्। गोविन्द मासु काट्थे। मसला मोल्थे। पकाउँथे। उनले ६ महिनासम्म किराना पसल बेचेनन्। होटल चलेन भने यहि किराना पसल चलाएर भए पनि बालबच्चालाई खुवाउनुपर्छ भन्ने भएर किराना नबेचेको उनी बताउँछन्। तर तासले भने अपार सफलता पाइसकेको छ। एक लाख ऋण खोजेर होटल खोलेको थिए। बन्द गर्नुपरेन। पसल खोल्नुपरेन। हाल भेटघाटको शाखाहरु चितवनको २ ठाउँमा, काठमडौँको अनामनगरमा र हेटौडामा गरी ४ वटा शाखाहरु खुलीसकेका छन्।

महेश भने काठमाडौँ आएदेखि नै होटलहरूमा ‘यहाँ चितवनको तास पाइन्छ’ लेखेको देख्दा निकै रमाउँथे। सँगै तास बनाउने आफ्ना बाबुको नाम गुमनाम हुँदा चित्त दुख्थ्यो।

जेठो छोरा महेशले भने काठमाडौँको अनामनगरमा भेटघाट रेष्टुरेन्ट संचालन गर्दै आएका छन्। बुबाको मिहिनेत र तासलाई सबैले मन पराएकै कारण आफूहरुले काठमाडौँमा सेवा दिन थालेको उनी बताउँछन्। काठमाडौँमा होटल सुरु गर्नु अघि महेश बैंकमा काम गर्थे।

महेश भने काठमाडौँ आएदेखि नै होटलहरूमा ‘यहाँ चितवनको तास पाइन्छ’ लेखेको देख्दा निकै रमाउँथे। सँगै तास बनाउने आफ्ना बाबुको नाम गुमनाम हुँदा चित्त दुख्थ्यो।

पहिले त म बैंकमा काम गर्थे तर त्यहाँ काम गर्ने ठाउँको वातावरण ठीक लागेन, मेरो क्षमताको पनि कदर भएन त्यसैले जागिर छोडिदिएँ त्यसपछि बुबालाई व्यापारमा सघाउँछु भन्ने सोच आयो र चितवनमा सबैको रोजाइमा रहेको तासलाई काठमाडौँ ल्याउने सोच बनाए।’ उनी भन्छन्, ‘सुरुमा त बुबाले मान्नु भएको थिएन पछि मैले नै उहाँलाई अब चितवन बाहिर पनि शाखा बिस्तार गर्नुपर्छ भनेर बुझाएपछि अनि बल्ल मान्नुभयो।’

चितवन बाहिर तासलाई ब्राण्डिङ गर्नमा महेशले ठूलो भूमिका निर्वाह गरेका छन्। उनले २०६९ मा पहिलो पटक चितवन बाहिर काठमाडौँको अनामनगरमा भेटघाटको शाखा बिस्तार गरे।

‘२०६९ सालमा अनामनगरमा २५ लाख तिरेर ठाउँ लिएँ। होटल तयार पार्दासम्म ८० लाख खर्च भयो। केही पैसा बुबाले दिनुभयो। केही बैंकबाट ऋण लिएँ,’ उनी भन्छन्, ‘त्यतिबेला मलाई एउटै मात्र कुराको चिन्ता थियो। बुबाले चितवनमाबनाउँदै आएको तासको स्वादमा फरक नपरोस्।’

त्यसपछि उनले जुक्ति लगाए र बुद्ध एयरसँग सम्झौता गरी चितवनबाटै बुवाले मसलामा मोलेको मासु ल्याए। जसले गर्दा चितवनमा पाइने तासको स्वादमा कतिपनि फरक परेन।

अनामनगरमा चल्तीका अरु रेस्टुरेन्ट छन्। उनलाई प्रतिस्पर्धा र चुनौती दुवै थियो। नजिकै सेकुवाका लागि प्रख्यात बाजेको सेकुवा पनि छ। मासुकै परिकार भएकाले आफ्नोमा ग्राहाक नआउलान् कि भन्ने चिन्ता पनि उनलाई थियो।

‘चितवनबाट काम विशेषले होस् या व्यासायिक हिसाबले होस् या अन्य कुनै प्रयोजनका लागि होस् काठमाडौँ आउने व्यक्तिहरु थुप्रै हुनुहुन्थो उहाँहरुलाई चितवनको तासको स्वाद थहा भइसकेकाले एक न एक पटक पक्कै पनि आउनुहुन्छ भन्ने मलाई लाग्थ्यो। साँच्चि नै त्यस्तै पनि भएको छ हाम्रोमा आएर एकपटक खानुभएको ग्राहक दोस्रो पटक अवश्य पनि आउनुहुन्छ।’ उनी भन्छन्, ‘हामीसँग तासको जुन स्वाद छ त्यो अन्त कतैपनि पाइदैन त्यसैलै पनि हामीसँग सुरुका दिनदेखिका ग्राहाकहरु अहिलेसम्म हुनुहुन्छ।’

‘आखिर बैंकको जागिर छोडेर व्यवसाय सुरु गरेपनि कहिल्यै पछि फर्केर हेर्नु परेन। तर यो सबैको श्रेय बुबालाई नै जान्छ।’ उनी भन्छन्, ‘किनकि तासको स्वाद चिनाउनुभएको भनेको बुबाले नै हो उहाँले धेरै मेहेनत गर्नुभएको छ यो स्वादको लागि।’

सुरुमा चितवनमा तास खाएका वा चितवन–काठमाडौँ गरिरहेका मान्छे मात्र आए पनि धानिन सकिएला भन्ने उनको सोच थियो। तर उनको सफल्ता भने अपार रह्यो। काठमाडौँमा पनि तासको स्वाद मन पराउनेहरुको जमान ठूलो नै रह्यो।

‘आखिर बैंकको जागिर छोडेर व्यवसाय सुरु गरेजनि कहिल्यै पछि फर्केर हेर्नु परेन। तर यो सबैको श्रेय बुबालाई नै जान्छ।’ उनी भन्छन्, ‘किनकि तासको स्वाद चिनाउनुभएको भनेको बुबाले नै हो उहाँले धेरै मेहेनत गर्नुभएको छ यो स्वादको लागि।’

त्यससँगै अहिले उनी आफ्नो ‘ड्रिम प्रोजेक्ट’ मा पनि काम गरिरहेका छन्। चितवनको लङ्कुस्थित धर्मचोकमा पौने तीन विगाहा जग्गामा ‘चिल्ड्रेन, एम्यूज्मेन्ट पार्क डाइनासोर र वाटर पार्क’ बनाउँदैछन्। सँगै दुइटा रेष्टुरेन्ट पनि। एउटामा तास पाइनेछ। अर्कोमा अन्य परिकार व्यवस्था हुने महेशले बताए।

ल्वाङ, सुकुमेल, दालचिनी, पिप्ला, सुठो, अलैंची, जाइपत्री, अदुवा, लसुन, खुर्सानी, जिरा आदिको प्रयोग गरेर तासको मसाला तयार गरिन्छ।

बुबाले चितवनमा चिनाउनुभएको तासलाई देशैभर चिनाउने लक्ष्य महेशले राखेका छन्।

‘बुबाले हामी बालबच्चा हुँदा के खुवाउने भनेर सोच्दा सोच्दै सुरु गर्नुभएको होटल अनि १ वर्षसम्म मेहेनत गरेर तयार पार्नुभएको यो तासको स्वादलाई अब देशभर र विदेशमा चिनाउने जिम्मा मेरो हो जस्तो लाग्छ र म त्यसका लागि प्रयास पनि गरिरहेको छु।’

असोज १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्