इंग्ल्यान्डले जित्यो पाकिस्तान विरुद्घको सिरिज

सात खेलको टी-२० सिरिजको निर्णायक खेलमा घरेलु टोली पाकिस्तान इंग्ल्यान्डसँग ६७ रनले पराजित भएको छ। याेसँगै इग्ल्यान्डले सिरिज ४-३ ले जितेको छ।

लाहोरमा भएको खेलमा पहिलो ब्याटिङ गर्दै इंग्ल्यान्डले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४२ रनमा समेटियो।

पाकिस्तानका लागि शान मासुदले ५६ रनको अर्धशतकीय इनिङ खेल्दा खुशदिल शाहले ३७ तथा इफ्तिखर अहमेदले १९ रन बनाए उसका अन्य ब्याटरले भने दोहोरो रनको स्कोर बनाउन सकेनन्। इंग्ल्यान्डका क्रिस वोक्सले ३ तथा डेविड विलिले २ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय ९ रनको उच्च स्कोर बनाएको थियो।

इंग्ल्यान्डका लागि डेविड मलानले अविजित ७८ रनको अर्धशतकीय इनिङ खेले। उनले ४७ बलमा ८ चौका र ३ छक्का प्रहार गरेका थिए। त्यस्तै ह्यारी ब्रुकले अविजित ४६ रन बनाउँदा बेन डुकेटले ३० तथा फिल साल्टले २० रन बनाए।

असोज १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्